समाचार

इटाभट्टामा अमर मार्केट सञ्चालनमा

मेचीनगर, असोज २१ । दिन प्रतिदिन बढ्दो व्यवसायलाई मध्यनजर गर्दै मेचीनगरको इटाभट्टामा बिहिवारबाट अमर मार्केट सञ्चालनमा आएको छ ।
मेचीनगर ५ गैरीगाउँ टोल निवासी अमर गिरीले यस वर्षको घटस्थापनाको अवसर पारेर भएको उक्त अमर मार्केट सञ्चालनमा ल्याउनु भएको हो ।

२ कठ्ठा जमिनमा निर्माण भएको उक्त भवनमा ११ वटा सटरसहितको व्यवसायिक कोठाहरु रहेका छन् । लामो समय विदेशमा बसेका गिरीले केही वर्ष अघिदेखि आफ्नै क्षेत्रमा केही गर्ने लक्ष्य राख्दै आएका थिए । सोही अनुसार विदेशी मोहलाई त्यागेर क्रमिक रुपमा विकास हुँदै गरेको इटाभट्टामा मार्केट सञ्चालनमा ल्याउनु भएको हो ।

मार्केट निर्माणका लागि अहिलेसम्म ५० लाख खर्च भएको र अझै ५ लाख बराबरको काम गर्न बाँकी रहेको बताउनु भयो । उक्त कार्मेटमा कस्मेटिक पसल, शैलुन, मोटरसाइकल ग्यारेज, विजुली पसल, मोटरसाइकलको पार्टस, होलसेल सब्जि मण्डि, होटल, हार्डवयेर पसललगायत रहने गिरीले बताउनु भयो । साथै उक्त मार्केट भित्र पार्किङ तथा शौचालयको समेत सुविधा रहेको छ ।