खेलकुद

भारत श्रीलंकासँग बराबरीमै रोकियो, नेपाललाई फाइदा

झापा । माल्दिभ्समा जारी साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा भारतले श्रीलंकासँग बराबरी खेल्दै अंक बाडेको छ ।

मालेस्थित राष्ट्रिय स्टेडियममा बिहीबार भएको खेलमा भारतले श्रीलंकासँग गोलरहित बराबरी खेलेको हो । खेलमा बल पोसेसनमा पकड जमाए पनि भारतले श्रीलंकाविरुद्ध गोल गर्न सकेन ।

उसले पाएको केहि मौकालाई गुमाएको थियो । श्रीलंकाले पनि केही गोलको अवसर खेर फालेको थियो ।भारतको यो लगातार दोस्रो खेल पनि बराबरी भएको हो ।
यसअघि भारतले बंगलादेशसँग १९१ गोलको बराबरी खेलेको थियो । यस बराबरीसँगै भारतले २ खेलमा २ अंक जोडेको छ । भारत तेस्रो स्थानमा रहेको छ ।श्रीलंकाको यो पहिलो एक अंक हो । चौंथो स्थानको श्रीलंकाले ३ खेलमा १ अंक जोडेको छ ।

श्रीलंका अघिल्लो दुई खेलमा पराजित भएको थियो ।भारतको बराबरीले नेपाललाई फाईदा पुगेको छ । नेपाल २ खेलमा ६ अंक जोडेर शीर्ष स्थानमा कायमै रहेको छ । नेपाल फाइनल नजिक रहेको छ ।अब नेपालले तेस्रो खेल भारतसँगै खेल्नेछ ।

भारतको यो खेलले नेपाललाई फाइदा पुगेको छ । श्रीलंकासँग बराबरी खेलेसँगै फाइनल यात्रा अझ बलियो बनेको छ । एजेन्सी