संघ \संस्था

पत्रकार भण्डारी सहित १८ जना सम्मानित

झापा । नेपाल निजामती कर्मचारी युनियन झापाको ३३ आंै स्थापना दिवस सम्पन्न भएको छ ।

नेपाली कांग्रेस झापाका सभापति देउकुमार थेवेको प्रमुख आतिथ्य तथा नेपाल निजामती कर्मचारी युनियन झापाका अध्यक्ष कविन्द्र विक्रम नेम्वाङको सभापतित्वमा कर्मचारी युनियनले स्थापना मनाएको हो ।

चन्द्रगढीमा आयोजित कार्यक्रममा निजामती कर्मचारीका हक अधिकारलाई निजामती ऐनमा समेटिनु पर्ने सहभागी बक्ताले जोड दिएका थिए ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि थेवेले कर्मचारीहरुको आचरणमा सुधार ल्याउनु पर्नेमा जोड दिए । उनले राष्ट्र सेवक कर्मचारीलाई राज्यले समान दृष्टिले नहेरेको बताउँदै अब बन्न लागेको निजामती कर्मचारी ऐनमा सबै कर्मचारीका हक अधिकार सुनिश्चिता गरिने बताए ।

कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद न्यौपाने, मेची अञ्चल अस्पताल भद्रपुरका पूर्ब मेडिकल सुपरिटेण्डेन्ट डा. जयकुमार ठाकुर, देवीप्रसाद सुवेदी लगायतले मन्तव्य राखेका थिए ।

नेपाल निजामती कर्मचारी युनियन झापाका सचिव चन्द्रकुमार पौडेलले सञ्चालन गरेका थिए ।

पत्रकार भण्डारी सहित १८ जना सम्मानित

नेपाल निजामती कर्मचारी युनियन झापाको स्थापना दिवसमा पूर्बाञ्चल दैनिकका सह सम्पादक तथा नेपाल पत्रकार महासंघका कोशी प्रदेश सदस्य सुरेन्द्र भण्डारी सम्मानित भएका छन् । लामो समय पत्रकारिता क्षेत्रमा क्रियाशील रहेका भण्डारीले पत्रकारिताको माध्यमबाट समाज रुपान्तरणमा विशिष्ट योगदान पु¥याएको भन्दै उनलाई सम्मान गरिएको थियो ।

त्यस्तै मेची अभियानका संयोजक विजय डालमियाले सामाजिक क्षेत्रमा विशिष्ठ योगदान पु¥याएको भन्दै उनलाई समेत सम्मान गरिएको थियो । सम्मानित भण्डारी र डालमियालाई कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेस झापाका सभापति देउकुमार थेवे, विशिष्ठ अतिथि सहायक प्रमुख जिल्ला अधिकारी रुद्र न्यौपाने , नेपाल निजामती कर्मचारी युनियन झापाका अध्यक्ष बविन्द्र विक्रम नेम्वाङले संयुक्त रुपमा सम्मान पत्र प्रदान गरेका थिए ।

यसैबीच नेपाल निजामती कर्मचारी युनियन झापाका पूर्व अध्यक्षहरु देवी घिमिरे, दिननाथ लम्साल, सहित १८ जनालाई सम्मान गरिएको थियो । सम्मानित हुनेहरुमा उत्कष्ष्ठ कर्मचारी दुई जना रहेका छन् । जसमा बिर्तामोड नगरपालिकाका कर्मचारी शोभादेवी दाहाल, वन रक्षक शिरीमणि गुरुङ रहेका छन् ।

त्यस्तै अवकास प्राप्त कर्मचारीहरु मेची प्रादेशिक अस्पतालका मेसु जयकुमार ठाकुर, दमक नगरपालिकाका शाखा अधिकृत जीवराज भट्टराई, मेचीनगरका कमल प्रसाद कोइराला, सिप विकास तथा तालिम केन्द्रका रमेश कोइराला, मेची नगरपालिकाका इन्द्र वहादुर थापा, सडक डिभिजन कार्यालय दमकका अम्विका देवी अधिकारी, जिल्ला हुलाक कार्यलयका विष्णु प्रसाद अधिकारी, सुचित राजवंशी, मदन राजवंशी, यातायात कार्यालयका सुभास कुमार श्रेत्री, मेची भन्सार कार्यालयका महेश कुमार न्यौपाने, डिभिजन वन कार्यालयका युवराज दाहाल, अनमी मुनादेवी सापकोटा लाई सम्मान गरिएको थियो ।