शिक्षा

छोराछोरीलाई सामुदायिक विद्यालयमा नपढाए तलब भत्ता रोक्का

वालिङ, चैत १७ । स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले सरकारी तलबभत्ता खानेका छोराछोरीलाई सामुदायिक विद्यालयमा नपढाएमा तलबभत्ता रोक्ने निर्णय गरेको छ । गत वर्ष आंशिकरुपमा लागू भएको सो निर्णयलाई यस वर्ष अनिवार्य र कडाइका साथ लागू गरिने गाउँपालिकाका अध्यक्ष खिमबहादुर थापाले बताउनुभयो । “सङ्घीय सरकारको नीति तथा गाउँ शिक्षा समितिले यही चैत ७ गते निर्णय गरी हामी Read More…

स्वास्थ्य

वैशाख ६ र ७ गते ७७ वटै जिल्लाका बालबालिकालाइ भिटामिन ‘ए’ खुवाउने कार्यक्रम

काठमाण्डौं, चैत १७ । सरकारले राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रममा सहजीकरण गर्न सबै स्थानीय तहलाइ निर्देशन दिएको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय स्थानीय तह समन्वय शाखाले आइतबार सबै स्थानीय तहलाई सूचना जारी गर्दै यस्तो निर्देशन दिएको हो। वैशाख ६ र ७ गते राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम दोस्रो चरण अन्र्तगत ७७ वटै जिल्लाका ६ महिनादेखि Read More…

समाचार

माइती पक्षले गर्‍यो सुनिताको अन्त्येष्टि

काठमाण्डौ, चैत १७ । सचितानन्द यादवको यातना र निर्घात कुटपिटबाट मृत्यु भएकी पत्नी सुनिता यादवको आइतबार अन्तिम संस्कार गरिएको छ । सुनिताको माइती गाउँ, बाराको परवानीपुर गाउँपालिका ५ बहुअरीस्थित दुधौरा नदीमा आइतबार बिहान सुनिताको अन्तिम संस्कार हिन्दु परम्परा अनुसार गरिएको हो । सुनितालाई उनका कान्छ भाइ सन्तोषले दागबत्ती दिए । नारायणी अस्पतालका डाक्टर सचितानन्दको कुटाइबाट Read More…

खेलकुद

मेची नेत्रालय मनमोहन दुहबी गोल्डकपको सेमिफाइनलमा प्रवेश

काठमाडौं, चैत १७ । मेची नेत्रालय ट्रेनिङ सेन्टर तेस्रो संस्करणको मनमोहन दुहबी गोल्डकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । आइतबार (आज) भएको खेलमा नेपाल पुलिस क्लबलाई ४-० गोल अन्तरले पराजित गर्दै मेची नेत्रालय ट्रेनिङ सेन्टर अन्तिम चारमा पुग्न सफल भएको हो । विभागीय टिम नेपाल पुलिस माथी निकै हाबी भएको झापाको मेची नेत्रालय ट्रेनिङ सेन्टरको Read More…

खेलकुद

आईपीएलमा राजस्थान रोयल्सलाई ५ विकेटले पराजित गर्दै हैदरवाद बिजयी

एजेन्सी, चैत १६ । सनराईजर्स हैदरवादले भारतमा जारी १२ औं संस्करणको इण्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा पहिलो जित निकालेको छ । शुक्रबार भएको खेलमा राजस्थान रोयल्सलाई ५ विकेटले पराजित गर्दै हैदरवादले पहिलो जित निकालेको हो । हैदरवादस्थित राजिब गान्धी क्रिकेट स्टेडियममा राजस्थानले दिएको १८९ रनको लक्ष्य हैदरवादले १९ ओभरमा मात्र ५ विकेट गुमाएर पुरा गर्यो Read More…

खेलकुद

फिफा वरियतामा नेपाली महिला टिम १०३ औ स्थानमा

काठमाडौं, चैत १५ ।  फिफा वरियतामा नेपालीमहिला टिम पाँच स्थान माथी उक्लीन सफल भएको छ । फिफाले शुक्रबार सार्वजनिक गरेको वरियतामा नेपाली महिला टिम पाँच स्थान माथी उक्लीएको हो । नयाँ वरियतामा नेपाल १०३ औं स्थानमा पर्न सफल भएको छ । यस भन्दा अघि नेपाल १०८ औं स्थानमा रहेको थियो । घरेलु मैदानमा सम्पन्न पाँचौ Read More…

शिक्षा

प्रदेश २ मा २१ गते सम्मका एसइई परीक्षा स्थगित

काठमाण्डौ, चैत १५ । माध्यामिक शिक्षा परीक्षा एसइई को प्रश्नपत्र परीक्षा अघि नै आउट भएपछि सरकारले प्रदेश नम्बर २ का सबै जिल्लामा चैत्र २१ गतेसम्मका सबै विषयको परीक्षा तत्कालका लागि स्थगित गर्ने निर्णय गरेको छ । गत चैत्र १४ र १५ गते प्रदेश दुईमा क्रमशः विज्ञान र सामाजिक विषयको प्रश्नपत्र परीक्षा दिनु अघिनै सार्वजनिक भएपछि Read More…

खेलकुद

आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता बैशाख ५ देखि

काठमाण्डौ, चैत १५ । आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता बैशाख ५ गते देखि ११ गतेसम्म सञ्चालन हुने भएको छ । राष्ट्रिय खेलकुद परिषदको शुक्रबार ( आज) बसेको बोर्ड बैठकले पाँच नम्बर प्रदेशमा हुने प्रतियोगिताको मिति तय गरेको हो । सातै वटा प्रदेश बाट छनौट भएका खेलाडी तथा अफिशियलहरु तयारी अवस्थामा रहेको बेला पनि प्रतियोगिता हुने मिति Read More…

खेलकुद

स्मिथ र वार्नरको प्रतिबन्ध सकियो, अव अष्ट्रेलियाबाट खेल्न पाउने

एजेन्सी चैत १५ । अष्ट्रेलियाका पूर्वकप्तान स्टिभ स्मिथ र डेविड वार्नरको एक वर्षको अस्तर्राष्ट्रिय प्रतिबन्ध आजदेखी सकिएको छ । गत वर्ष केपटाउनमा दक्षिण अफ्रिकासँगको तेस्रो टेस्टमा बल टेम्परिङ गरेको पुष्टि भएपछि क्रिकेट अष्ट्रेलियाले स्मिथ र वार्नरलाई १ वर्ष तथा क्यामरन ब्यान्क्रफ्टलाई ९ महिना प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । जस अनुसार क्यामरनको प्रतिबन्ध गत पुषमै Read More…

शिक्षा

प्रश्नपत्र बाहिरिएपछि प्रदेश २ को सामाजिक विषयको एसईई परीक्षा रद्ध

काठमाडौँ चैत १५ । एसईई अन्तर्गत आज हुने सामाजिक विषयको प्रदेश नम्बर २ को परीक्षा रद्द भएको छ । राष्ट्रिय परीक्षा बोर्डले आज गरेको निर्णय अनुसार बिहीबार राति आउट गरिएको प्रश्नपत्र आधिकारिक पाइएकाले रेगुलर तर्फको सामाजिक विषयको परीक्षा रद्द भएको शिक्षा निर्देशनलाय निर्देशक रमाकांत शर्माले जानकारी दिएका छन् । उनका अनुसार रेगुलर तर्फको परीक्षा रद्द Read More…