बाहुण्डाँगी । मेचीनगर लेडी जेसीजको २०२१ को जेसीज सप्ताह सोमवारबाट सुरु भएको छ । सप्ताहको उद्घाटन रक्तदानबाट गरिएको हो । कोभिडका कारण रगत अभाव भइरहेको अवस्थालाई मध्यनजर गर्दै शाखाले रक्तदान गर्दै यस वर्षको सप्ताहको सुरुवात गरेको हो । जिल्ला रेडक्रस सोसाइटी झापाको प्राविधिक सहयोगमा धुलावारीमा आयोजित कार्यक्रममा ६ जना महिलासहित १३ जनाले रक्तदान गरेका थिए ।

जिल्ला रेडक्रस सोसाइटी झापाका अध्यक्ष लोकराज ढकालको प्रमुख आतिथ्यता तथा शाखाकी अध्यक्ष सुशिला खतिवडाको सभापतित्वमा सम्पन्न कार्यक्रममा विशेष अतिथि इलाका प्रहरी कार्यालय काकरभिट्टाका डिएसपी सुनिल दाहाल, नेपाल रेडक्रस सोसाइटी मेचीनगरकी अध्यक्ष कुसुम कोइराला, इलाका प्रहरी कार्यालय धुलावारीका इन्स्पेक्टर विकास राई, शाखाकी संस्थापक सल्लाहकार लक्ष्मी राई, शाखाका पूर्व अध्यक्षहरुको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन महासचिव सीता पुरीले गर्नु भएको थियो । असोज २ गतेसम्म सञ्चालन हुने सप्ताह अन्तर्गतमंगलवार आँखा शिविरको आयोजना गरिएको २०२१ की तालिम संयोजक बविता प्रसाईले बताउनु भयो । स्मरण रहोस यस शाखाको यस वर्षको सप्ताहमा सबै कार्यक्रम स्वास्थ्य सम्बन्धी राखिएको छ ।


