संघ \संस्था

बाहुण्डाागी जेसीज ११ औँ वर्षमा

बाहुण्डाँगी । बाहुण्डाँगी जेसीजले ११ औँ स्थापना दिवस मनाएको छ । २०१० मा नविन बरालको संस्थापकमा स्थापना भएको शाखाले २०२१ मा आइपुग्दा ११ वर्ष पुरा गरेको छ । बाहुण्डाँगीमा आयोजित एक कार्यक्रमकाबिच शाखाले आफ्नो जन्म जयन्ती मनाएको हो ।
२०२१ का अध्यक्ष दिपक बरालको सभापतित्वमा सम्पन्न कार्यक्रममा सशस्त्र प्रहरी बल बाहुण्डाँगीका प्रमुख भिष्म सापकोटालाई विदाइ समेत गरिएको थियो एक वर्ष अघि बाहुण्डाँगीको नेतृत्व सम्हाल्न आउनु भएका सापकोटाले जेसीजसँगको सहकार्यमा बाहुण्डाँगी क्षेत्रमा पुरयाएको योगदानको कदर गर्दै शाखाले मायाको चिनोसहित विदाई गरेको हो ।


मातृ शाखा धुलावारी जेसीजका पूर्व अध्यक्ष तथा वर्तमान धुलावारी उद्योग वाणिज्य संघका अध्यक्ष ऋषी तिम्सिनाको प्रमुख आतिथयतामा सम्पन्न कार्यक्रममा संस्थापक अध्यक्ष नविन बराल, बाणिज्य संघका सचिव रबि नेपाल शाखाका निवर्तमान अध्यक्ष सागर कार्की, पूर्व अध्यक्षहरु सन्तोष सुवेदी, किरण नेपाल, जीवन मोते, कञ्चन उप्रेतीलगायतको उपस्थिति रहेको थियो । कार्यक्रम संयोजक हेमन्त मोक्तानले स्वागत गरेको कार्यक्रमको आस्थापाठ कार्यकारीणी उपाध्यक्ष किशोर भट्टराई तथा सञ्चालन महासचिव केवल निरौलाले गरेका थिए ।