खेलकुद

मेची नेत्रालय मनमोहन दुहबी गोल्डकपको सेमिफाइनलमा प्रवेश

काठमाडौं, चैत १७ । मेची नेत्रालय ट्रेनिङ सेन्टर तेस्रो संस्करणको मनमोहन दुहबी गोल्डकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।
आइतबार (आज) भएको खेलमा नेपाल पुलिस क्लबलाई ४-० गोल अन्तरले पराजित गर्दै मेची नेत्रालय ट्रेनिङ सेन्टर अन्तिम चारमा पुग्न सफल भएको हो ।

विभागीय टिम नेपाल पुलिस माथी निकै हाबी भएको झापाको मेची नेत्रालय ट्रेनिङ सेन्टरको जितका लागि विशाल राईले एक गोल तथा अर्मान्डाले दुइ गोल गरेका थिए । एक गोल भने उपहार स्वरूप पाएको थियो । उक्त गोल नेपाल पुलिस क्लबका तेज तामाङले आत्माघाति स्वरुप गरेका हुन् ।
खेलको म्यान अफ दि म्याच मेची नेत्रालय ट्रेनिङ सेन्टरका किशोर गिरी भए । उनले नगद १० हजार प्राप्त गरे ।
अब मेची नेत्रालय ट्रेनिङ सेन्टर ले भारतको रोयल क्लब इष्ट बंगाल र क्यामरुनी क्लब दाउफिन्सबीचको विजेतासंग खेल्ने छ । प्रतियोगिताको विजेता टिमले नगद ६ लाख सहित मेडल, ट्रफी र प्रमाणपत्र पाउनेछ । यस्तै उपविजेताले नगद ३ लाख सहित मेडल, ट्रफी र प्रमाणपत्र पाउने छ ।

Leave a Reply

Your email address will not be published.