खेलकुद

दाउफिन्सलाई पराजित गर्दै आर्मी झापा गोल्डकपको फाइनलमा प्रवेश

युवराज आचार्य
झापा \ विभागीय टिम त्रिभुवन आर्मी क्लब चौंथो झापा गोल्डकप फुटबलको फाइनलमा प्रवेश गरेको छ । आज भएको दोस्रो सेमिफाइनलमा क्यामरुनी क्लब दाउफिन्सलाई १-० गोल अन्तरले पराजित गर्दै आर्मी फाईनलमा पुगेको हो ।

खेलको २३ औं मिनेटमा दाउफिन्सका सिलु मार्टिन्स नांगाले आत्मघाती गोल गरेका थिए । उनले किपरलाई हेडबाट ब्याक पास दिने क्रममा गोल भएको थियो । त्यो गोल नै आर्मीको लागि फाईनल पुग्ने सुवर्ण अवसर सावित भयो ।

अब आर्मीले उपाधीका लागि सोमबार आयोजक झापा ११ संग खेल्नु पर्ने छ । पहिलो सेमिफाइनलमा थ्री स्टार क्लबलाई पेनाल्टी सुटआउटमा ३-१ गोल अन्तरले पराजित गर्दै झापा फाईनलमा पुगिसकेको छ ।

२७ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले १२ लाख ५० हजार र उपविजेताले ६ लाख ५ हजार नगद सहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् ।

Leave a Reply

Your email address will not be published.