खेलकुद

झापा गोल्डकपमा आज दाउफिन्स र आर्मी भिड्दै

युवराज आचार्य
झापा / जारी चौंथो झापा गोल्डकप फुटबलको दोस्रो सेमीफाइनलमा आज क्यामरुनी क्लब दाउफिन्स र विभागीय टिम त्रिभुवन आर्मी क्लब बिच प्रतिस्पर्धा हुदैछ। डोमालाल राजवंशी रंगशालामा दाउफिन्स र आर्मी बीचको खेल दिउँसो ३ बजे देखी हुने आयोजकले जनाएको छ ।

आजको विजेता टिमले फाइनल खेलमा उपाधीका लागि आयोजक झापा ११ संग खेल्नु पर्ने छ । हिजो भएको पहिलो सेमिफाइनलमा थ्री स्टार क्लबलाई पेनाल्टी सुटआउटमा ३-१ गोल अन्तरले पराजित गर्दै झापा ११ फाईनल प्रवेश गरीसकेको छ ।

मनाङ मर्स्याङ्दी क्लबको स्थानमा दाउफिन्सले झापा गोल्डकप खेल्न अवसर पाएको थियो । आहा रारा गोल्डकपमा त्रिभुवन आर्मीसंग व्यहोरेको हारको बदला लिने रणनितिका साथ दाउफिन्स मैदान प्रवेश गर्ने छ । त्रिभुवन आर्मी उच्च मनोवलका साथ आजको नतिजा आफ्नो पोल्टामा पार्ने उदेश्यका साथ मैदानमा उत्रने छ । जसका कारण आजको खेल निक्कै रोमाञ्चक हुने अनुमान गरीएको छ ।

२७ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले १२ लाख ५० हजार र उपविजेताले ६ लाख ५ हजार नगद सहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् ।

Leave a Reply

Your email address will not be published.