खेलकुद

उपाधि भिडन्तका लागि अहिले आयोजक झापा ११ र त्रिभुवन आर्मी भिडदै

झापा / चौथो झापा गोल्डकपको उपाधिका लागि अहिले विर्तामोडको डोमालाल राजवंशी रंगशालामा आयोजक झापा ११ र विभागीय टोली त्रिभुवन आर्मी क्लब मैदानमा प्रतिस्पर्धा गर्दैछन् ।

आयोजक झापा ११ ले झापा गोल्डकपको निरन्तर तेस्रो संस्करण सम्म फाइनलमा पुगेर पनि उपाधि जित्न सकेको छैन । त्रिभुवन आर्मी क्लबले झापालाई नै पराजित गर्दै पहिलो र तेस्रो सिजनको उपाधि आफ्नो कब्जामा पारिसकेको छ ।

जारी प्रतियोगितामा राम्रो लयमा रहेको छ आयोजक झापा । झापा ११ उपाधि कब्जा गर्न फरक रणनिती र जोसका साथ घरेलु मैदानमा उत्रेको छ । त्यस्तै त्रिभुवन आर्मी क्लब यो संस्करणको उपाधी पनि आफ्नै पकडमा पार्ने दाउमा मैदानमा प्रवेश गरेको छ ।

१० टिमले सहभागीता जनाएका प्रतियोगिताको विजेताले नगद १२ लाख ५५ हजार र उपविजेताले नगद ६ लाख ५ हजारसहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् ।

प्रतियोगिताका उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर र उत्कृष्ट प्रशिक्षकले २१ हजार रुपैयाँ पुरस्कार पाउनेछन् भने सर्वाधीक गोलकर्तालाई नगद २५ हजार दिइनेछ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई एक थान मोटरसाइकल प्रदान गरिने आयोजकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published.