रुपन्देही/
रुपन्देहीको देवदहमा तरुणदलका एक कार्यकर्ताको हत्या भएको छ । उनको आइतबार राति अज्ञात समूहले रड र चिरपटले हानी हत्या गरेका थिए ।
देवदह नगरपालिका वडा नं ५ का २० वर्षीय अमिस पुरीको हत्या भएको देवदह प्रहरी चौकीका प्रमुख भरत थापाले जानकारी दिए ।
मोटरसाइकलमा खैरेनीबाट भलुहीतर्फ आउने क्रममा अज्ञात समूहले पुरीलाई प्रहार गरेको थियो । स्थानीयका अनुसार पुरीलाई रड र चिरपटले हानेर हत्या गरिएको छ ।
आक्रमणबाट घाइते पुरीलाई उपचारको लागि देवदह मेडिकल कलेज लैजादै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
हत्या गर्ने समूह र कारण खुलेको छैन् । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

