खेलकुद

झापा गोल्डकपको उपबिजेतामा झापाको ह्याट्रिक

झापा / चौथो संस्करणको झापा गोल्डकपको उपाधि बिभागीय टोली त्रिभुवन आर्मीले जितेको छ । विर्तामोड स्थित डोमालाल राजवंशी रंगशालामा सोमबार ( हिजो) भएको फाइनलमा सदाबहार प्रतिद्धन्दी झापा ११ लाई ५–३ गोल अन्तरले हराउदै आर्मीले उपाधि रक्षा गरेको हो । आर्मीलाई जिताउन सन्तोष तामाङले २ तथा भरत खवास, नवयुग श्रेष्ठ र टेक बहादुर बुढाथोकीले एक एक गोल गरे । झापाका फ्रान्सीस र भिक्टरले गोल फर्काए ।

२५ औ मिनेटमा सन्तोष तामाङको गोलबाट अग्रता बनाएको आर्मीले ३२ औ मिनेटमा अर्को गोल थपेको थियो । दोस्रो गोल भरत खवासले गरे । ४३ औ मिनेटमा फ्रान्सीसले गोल गर्दै पहिलो हाफमा आयोजकलाई २–१ को अबस्थामा पुर्याएका थिए ।

७६ औ मिनेटमा नवयुग श्रेष्ठले गोल गर्दै आर्मीलाई ३–२ को अबस्थामा पुर्याए । त्यसको ७ मिनेट लगत्तै सन्तोसले ब्यक्तिगत दोस्रो गोल गर्दै टोलीको जित निश्चित पारेका थिए । खेलको ईन्ज्युरी समयमा टेक बहादुर बस्नेतले हेडबाट उत्कृष्ट गोल गर्दै टोलीको जित फराकिलो पारेका थिए ।

आयोजक झापा ११ निरन्तर जारी संस्करण सम्म आई पुग्दा उपबिजेतामा नै सिमित रह्रयो । यो संगै झापा गोल्डकपको उपबिजेतामा झापाले ह्याट्रिक गरेको छ । उपाधिसंगै आर्मीले १२ लाख ५० हजार रुपैया हात पार्यो । उपबिजेता झापाले ६ लाख ५ हजारमा चित्त बुझायो ।

Leave a Reply

Your email address will not be published.