साहित्य

घर छोडेको दिन र बुवाको फाटेको चप्पल

कथा

म एकदिन घरमा यस्तो रिसाएँ कि अब ठुलो नभएसम्म र पैसा आफैं ले नकमायसम्म कहिले फर्किन्न भनेर घर छाडेर हिँडे । रिसको कारण थियो मेरो बुवाले मलाई एउटा ल्यापटप पनि किन्दिन सकेनन् ।

जाबो एउटा ल्यापटप पनि किन्दिन नसक्नेले मलाई किन पाइलट बनाउने सपना देख्नु आफ्नो सपना किन अरुमाथी थोपार्न खोज्नु

रिसको झोकमा मैले यो पनि महशुस गरिन कि मैले बुवाको चप्पल लगाएर हिँडेको रहेछु । मैले केहि पैसाको लागी उहाँको पर्स पनि चोरेर हिंडेको थिएँ । त्यो पर्समा केहि च्यातिएका कागजका टुक्राहरु मेरी आमाले नदेखुन् भनेर एउटा कुनामा लुकाएर राखिएका थिए ।

जब म बस पक्रन बस स्टेसन तर्फ लम्किदैँ थिएँ तब मेरो खुट्टामा केहि बिझाएजस्तो भयो ।

अलि पर पुगेर चप्पल खोलेर हेर्दा केहि च्यातिएको र च्यतियको ठाँउ मा काटि ले खोपी पोड्का को सरो ले बाधी गाठो रहेको थियो र साना साना प्वालहरु पनि थिए ।

स्टेसनमा कुनै बस नभएकाले मैले त्यहिँ एकछिन बसेर बुवाको पर्स खोलेर हेर्ने निधो गरेँ । पर्समा २० हजारको बिल रहेछ जुन मलाई बुवाले लसाम्सुङ मोबाइल किन्नका लागी ॠण लिएका थिए ।

अचम्मको कुरा मैले त्यहाँ बुवाको म्यानेजरले बुवालाई लेखेको एउटा नोटिस भेटेँ जहाँ भनिएको थियो – भोलिदेखी चप्पल होइन जुत्ता लगाएर अफिस आउनु ।’ अनि मैले सम्झेँ कि जब आमाले बुवालाई जुत्ता किन्न भन्थिन् तब बुवा सधैँ भन्थे ‘यो चप्पल अझ ५ र७ महिनासम्म टिक्छ ।’

अनि मैले अर्को कागज पनि भेटेँ जुन एक्स्चेन्ज लेटेर’ रहेछ । बुवाले मलाई ल्यापटप किन्न का लागी आफ्नो बाइक नै बेचेका रहेछन् ।

तब म आफुलाई एकदम कमजोर महशुस गरेँ र आफैलाई सम्हाल्नै सकिन्न । आँखाबाट आँशुका धारा रोकिएनन् । अनि हत्तारिएर घर गएँ र बुवालाई अङ्गालो हालेर भनेँ ‘ बुवा, अब मलाई ल्यापटप चाहिँदैन ।’

म सधैँ सोच्थेँ बुवा लोभी भएर फाटेको लचप्पल लगाएको होलान् तर होइन रहेछ पैसा कमाउन त निक्कै गार्हो भएर पो रहेछ ।

Leave a Reply

Your email address will not be published.