
युवराज आचार्य
झापा / झापाको चन्द्रगढी सामुदायिक वनमा लागेको डढेलो नियन्त्रण बाहिर गएको छ । करिब साडे सात बजेबाट लागेको डढेलो अझै नियन्त्रणमा आउन सकेको छैन ।
अचानक सामुदायिक वनमा फैलिएको डढेलो हावाहुरी चले पछि नियन्त्रण गर्न समस्या परेको स्थानिय मिना उप्रेतीले बताईन ।
डढेलो नियन्त्रण बाहिर गए पछि नियन्त्रणका लागि स्थानीय संगै तत्काल दमकल बोलाईएको थियो । तर अझै डढेलो नियन्त्रणमा आएको छैन ।
डढेलो नियन्त्रणका लागि नेपाली सेना संगै स्थानीय बासिन्दाहरु जुटीरहेका छन् ।

