खेलकुद

नेपाली यू-२३ टोलीको घोषणा, विमलले कप्तानी सम्हाल्ने

काठमाडौं / फरवार्ड विमल घर्तीमगरको कप्तानीमा एएफसी यू-२३ च्याम्पियनसिप छनोटका लागि नेपाली राष्ट्रिय फुटबल घोषणा भएको छ । प्रतियोगिता मार्च २२ देखि २६ सम्म कतारमा आयोजना हुँदैछ ।

राष्ट्रिय टोलीका खेलाडी अनन्त तामाङ उपकप्तान रहेका छन् । राष्ट्रिय टोलीबाट नियमित खेल्दै आएका फरवार्ड अन्जन विष्ट, मिडफिल्डर सुनील बल, हेमन्त थापामगर, तेज तामाङसँगै डिफेन्डर कमल श्रेष्ठ, सुमन अर्याल र दिनेश राजवंशी पनि टोलीमा अटाएका छन् । यसअघि यू-२३ टोलीबाट खेलिसकेका अमित तामाङ, विश्वास श्रेष्ठ, गौरव बुढाथोकी र तेज तामाङ पनि टोलीमा अटाएका छन् ।

पूर्ण टोली :
गोलरक्षक : अर्पण कार्की, दिप कार्की, रोमन रसाइली
डिफेन्डर : अमित तामाङ, अनन्त तामाङ (उपकप्तान), असिम भुषाल, विकास खवास, दिनेश राजवंशी, कमल श्रेष्ठ, सुमन अर्याल, छिरिङ गुरुङ
मिडफिल्डर : अभिषेक रिजाल, एरिक विष्ट, विश्वास श्रेष्ठ, गौरव बुढाथोकी, हेमन्त थापामगर, सुनील बल, तेज तामाङ, नितिन थापा
फरवार्ड : विमल घर्ती मगर (कप्तान), अन्जन विष्ट, धिरज श्रेष्ठ, प्रेजेन तामाङ

नेपालको खेल तालिका :
२२ मार्च २०१९ – १९:४५ बजे – नेपाल विरुद्ध ओमान
२४ मार्च २०१९ – २१:४५ बजे – कतार विरुद्ध नेपाल
२६ मार्च २०१९ – २१:४५ बजे – नेपाल विरुद्ध अफगानिस्तान

Leave a Reply

Your email address will not be published.