खेलकुद

एनसिएल वुमन्स टि–२० क्रिकेट वैशाख ७ गतेबाट सुरु हुने

काठमाण्डौ / एनसीएल स्पोर्ट म्यानेजमेन्टको आयोजनामा वैशाख ७ गतेबाट सुरु हुने भएको छ । पहिलो पटक हुन लागेको महिला टी–२० लिगमा चार टिमले सहभागिता जनाउने भएका छन् ।

सोमबार काठमाण्डौमा आयोजित एक कार्यक्रममा सहभागी हुने टिमको घोषणा गरिएको छ ।

विराटनगरमा आयाजना हुने प्रतियोगिता आउँदो वैशाख ७ देखि १४ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगितामा विराटनगर रोअरिङ लायोन्स, काठमाण्डाै सुपर च्याम्पियन, भैरहवा क्वीन्स र धनगढी वन्डर वुमनले प्रतिस्पर्धा गर्नेछन् ।

Leave a Reply

Your email address will not be published.