समाचार

झापामा चैत ७ गते होलीको सार्वजनिक बिदा प्रजिअ दाहाल

झापा / झापामा चैत ७ गते होली पर्वको सार्वजनिक बिदा हुने भएको छ । सरकारले तीनबर्षदेखि झापा जिल्लालाई तराईसँग अलग्याएर होली पर्वको सार्वजनिक दिदै आएको थियो ।

तराईमा पर्ने झापालाई सरकारले २०७३ सालदेखि पहाडी जिल्लासँगै होली पर्वको सार्वजनिक बिदा दिन सुरु गरेको थियो। २०७२ सम्म सरकारले झापालाई तराइसँगै सार्वजनिक बिदा दिइने गरेको थियो।

झापालाई पनि पहाडी जिल्ला सँगै होली पर्वको सार्वजनिक बिदा दिन थाले पछी जिल्लामा होली पर्वको बिदामा विवाद देखिएको थियो । विवाद भए संगै झापमा होली पर्व मनाउन समस्या भएको बताउछन मेचीनगर ८ का गोविन्द गुप्ता ।

झापामा होली पर्वको बिदाको बिषयमा व्यापक आलोचना भए पछि तराईको जिल्लासरह झापामा चैत ७ गते विहीवार सार्वजनिक बिदा दिईने भएको छ । झापाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालका अनुसार बुधवार सरकारी कार्यालय खुल्ला रहने ,र विहीवार कार्यालय बिदा हुने बताए ।

Leave a Reply

Your email address will not be published.