
झापा / साहारा नेपाल केर्खा शाखाको आयोजनामा एक दिने निःशुल्क आँखा शिविर सम्पन्न भएको छ ।

कमल गाँउपालिका ३ स्थित केर्खा बजारमा रहेको केर्खा पब्लिक स्कुल परिसरमा आयोजना भएको निःशुल्क आँखा शिविरमा ३०५ जनाले आखा चेक गराएका छन् । जसमध्ये २३ जनाको मोतीयाबिन्दुको समस्या देखिएको छ । उनिहरुलाई अप्रेसनका लागि मेची आखा अस्पाताल विर्तामोड बोलाईएको छ ।

मेची आखा अस्पाताल विर्तामोडको प्राविधिक सहयोग तथा केर्खा पब्लिक स्कुलको व्यवस्थापनमा मेची आखा अस्पाताल विर्तामोडकी डा . कविता कार्की (कडरिया) को नेतृत्वमा आएको टोलीले आँखा जाँच गरेको हो ।
शिविरमा कमल गाँउपालिका, सिवसत्ताक्षी, दमक नगरपालिका, चुलाचुली गाँउपालिका लगायतको मानिसहरुले आफ्नो आखा जाच गराएका साहारा नेपाल केर्खा शाखा प्रमुख दुर्गादेवी कडेलले हाम्रो खबरपाटी लाई बताईन ।

स्वास्थ्य शिविरमा साहारा नेपाल केर्खा शाखा प्रमुख दुर्गादेवि कडेल, कमल गाँउपालिका वार्ड न. ३ वडा सदस्य शान्ता मुखीया, केर्खा पब्लीक स्कुलका प्रिन्सीपल त्रिलोचन गौतम, व्यवस्थापन समिति अध्यक्ष कृष्णा आचार्य, विभिन्न संघ सस्थाका प्रतिनिधिलगायतको उपस्थिती थियो ।
सोही अवसरमा मेची आखा अस्पाताल विर्तामोडले केर्खा पब्लीक स्कुलकमा अध्ययन गर्ने सम्पुर्ण विद्याथीहरुलाई बर्षेनी निशुल्क आँखा सम्बन्धी जाच तथा निशुल्क चस्मा प्रदान गर्ने सहमती भएको प्रिन्सीपल त्रिलोचन गौतमले बताउनु भयो ।

