
झापा / मेचीनगर ६ काँकरभिट्टका अभिषेक दवाडीले सिङ्गापुरमा आयोजना भएको प्रथम सिङ्गापुर साईलेन्ट नाइट कँराते च्याप्मियनसिपमा तेस्रो स्थान हासिल गर्न सफल भएका छन् ।

मार्च २२ देखी मार्च २४ सम्म सिङ्गापुरमा सञ्चालन भएको उक्त प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्दै सिङ्गापुर गएका दवाडीले ५५ देखी ६० केजी तौल समुहमा सहभागी जनाएका थिए । दवाडीले प्रतियोगितामा सहभागी हुन आफ्नो ब्यक्तिगत खर्च गरेर सिङ्गापुर गएका थिए । प्रतियोगितामा नेपाल संगै भारत, बङ्गलादेश, सिङ्गापुर, थाईलेण्ड, उजेकिस्तान र भेतनामले सहभागिता जनाएको थियो ।

नेपालबाट खेलाडी अभिषेक दवाडी संगै रेफ्रिमा राजेन्द्र ओझा र योगेन्द्र कोईराला सहभागी भएका कँराते प्रशिक्षक राजु सिवाकोटीले हाम्रो खबरपाटीलाई जानकारी दिए ।

