काठमाण्डौं, बैशाख ०६ । थ्री स्टार क्लबले तेस्रो संस्करणको राजर्षि कप फुटबलको उपाधि जितेको छ । सर्लाहिको बागमतीस्थित सन्तोष श्रेष्ठ स्मृती खेलमैदानमा शुक्रबार भएको फाइनलमा आयोजक बाग्मती युवा क्लबलाई २–१ गोल अन्तरले पराजित गर्दै थ्री स्टारले उपाधि जितेको हो । उपाधिसंगै थ्री स्टारले १० लाख नगद पुरस्कार पाएको छ । उपविजेता बनेको आयोजकले ५ लाखमा Read More…
Day: April 19, 2019
ट्राफिक प्रहरीको भत्ता तलब अनुसार ४० प्रतिशतसम्म वृद्धि
काठमाण्डौं, बैशाख ०६ । सरकारले ट्राफिक प्रहरी भत्ता व्यवस्थापन निर्देशिका २०७५ स्वीकृत गरेको छ । गत बैशाख २ गते बसेको मन्त्रिपरिषदको बैठकले स्वीकृत गरेको निर्देशिकामा ट्राफिक प्रहरीको भत्ता तलब अनुसार ४० प्रतिशतसम्म वृद्धिको व्यवस्था गरिएको छ । ट्राफिक प्रहरी जवान र हवल्दारलाई ४० प्रतिशत, असई र सईलाई २० प्रतिशत, इन्सपेक्टर र डिएसपीलाइ १० प्रतिशत भत्ता Read More…
हिरासतमा बालकको रहस्यमय मृत्यु: घटना लुकाउँदै प्रहरी
झापा, बैशाख ०६ । इलाका प्रहरी कार्यालय विर्तामोडको हिरासतमा एक बालकको रहस्यमय मृत्यु भएको छ। प्रहरीले सत्य लुकाउन खोजेपछि घटना रहस्यमय बनेको हो। गत सोमबार राति झापा मेचीनगर नगरपालिका ६ का १५ वर्षीय बालक किरण कार्की डोलीको हिरासतमै मृत्यु भएको थियो। तर, प्रहरीले भने मोस्टमार्टमपछि मात्रै बालकको मृत्युबारे परिवारलाई जानकारी गराएपछि घटना रहस्यमय बनेको हो। Read More…
नेविसङ्घ स्वर्ण जयन्ती आज, विभिन्न कार्यक्रम गरी मनाइँदै
काठमाण्डौँ, वैशाख ०६ । नेपाली काङ्ग्रेसको प्रमुख भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घ नेविसङ्घले आफ्नो स्थापनाको स्वर्ण जयन्ती आज देशभर मनाउदै छ । विसं २०२७ वैशाख ६ गते पार्टी प्रतिबन्धित अवस्थामा रहेको बेला काठमाडौँको स्वयम्भूस्थित सत्तलमा सन्त नेता कृष्णप्रसाद भट्टराईको प्रमुख आतिथ्यमा नेविसङ्घको स्थापना भएको थियो । त्यस समय यता नेविसङ्घले वैशाख ६ गतेलाई आफ्नो स्थापना Read More…
राष्ट्रपति भण्डारीद्वारा आठौं राष्ट्रिय खेलकुदको उद्घाटन
बाँके, बैशाख ०६ । आठौं वृहत राष्ट्रिय खेलकुद प्रतियोगिताको नेपालगञ्ज रंगशालामा भव्य उद्घाटन गरिएको छ । बिहीबार साझ नेपालगञ्ज स्थित रंगशालामा राष्ट्रपति विद्यादेवी भण्डारीले कार्यक्रमको उद्घाटन भएको घोषणा गरेही हुन् । २७ गतेदेखि अनौपचिारीक रुपमा खेलकुद प्रतियोगिता शुरु भएपनि प्रतियोगिताको औपचारिक उद्घाटन बिहिबार मात्रै गरिएको हो । कार्यक्रमा राष्ट्रपतिसँगै युवा तथा खेलकुद मन्त्री जगत बहादुर Read More…





