समाचार

पथरीमा महिला नग्न अवस्थामा मृत भेटिइन्

मोरङ्ग, बैशाख ०७। मोरङको पथरी की २९ बर्षिया रिना बस्नेत नग्न अवस्थामा शनिबार बिहान मृत फेला परेकी छिन । शुक्रबार राति पथरीमा आयोजित कन्सर्ट हेर्न कोठाबाट निस्किएकी उनी शनिबार बिहान नग्न अबस्थामा घोप्टो परेर मृत अवस्थामा स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

मृतकको श्रीमान बैदेशिक रोजगारीको सिलसिलामा दुबईमा रहेका छन् ।तेह्रथुम घर भै पथरी डेरा गरि बस्दै आएकी उनी १४ बर्षिय छोरा साइमनसँगको साथमा पथरीमा कस्मेटिक पसल सञ्चालन गर्दै आएकी थिईन ।

पसल अगाडी घोप्टो परेको अवस्थामा नाङगै उनी लडिरहेको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । उनको शव नजिकै रगत समेत बगेको देखिएको छ । उनको बलात्कार पछि हत्या भएको प्रहरीले आशंका गरेको छ । घटनाको अनुसन्धान भईरहेको र सो स्थानमा प्रहरी पुगेर अनुसन्धान शुरु गरेको छ ।

Leave a Reply

Your email address will not be published.