
झापा। बैशाख २५ । मेचीनगर बाल सञ्जालले किरण दर्जीको न्यायका लागि बुधबार काँकरभिट्टामा बृहत दवाव ¥याली आयोजना गरेको छ ।
मेचीनगरका विभिन्न विद्यालयबाट सहभागी बनेका सयौं विद्यार्थीले गत बैशाख २ गते गैर कानुनी रुपमा हिरासतमा राखिएका नावालक किरण दर्जीको रहस्यमय मृत्यु भएको थियो । विधार्थीले उक्त घटनामा संलग्नदोषीलाई कारवाहीको माग गरेका छन् । ¥यालीमा ‘सरकार तिमि कहाँ छौं’ बालक यहाँ पीडित छन्, भन्दै विधार्थीले नारावाजी गरेका थिए । बाल अधिकार सुरक्षित गर, बालमैत्री हिरासत कायम गर भन्दै सहभागी विधार्थीले न्यायका लागि पूर्वबाट आवाज उठाएको बताए ।
विधार्थीको ¥यालीले काँकरभिट्टा परिक्रमा पछि आयोजित कोणसभामा बोल्दै बाल अधिकार अभियान्ता मणिकुमार लिम्बूले बालबालिकाको घटना संवेदनशील हुने भन्दै घटनाको निष्पक्ष छानविन गरी दोषीलाई यथाशिघ्र कारवाही गर्नु पर्ने बताए ।
यस्तै पत्रकार प्रदीप परियारले हिरासतमा भएको घटनाको जिम्मेवारी प्रहरीले लिनुपर्ने बताए । उनले हिरासतमा डिउटी बसेका प्रहरी र प्रमुखको कारवाहीको माग गरेका छन् । उनले राजनीतिक दलका कारण किरणले न्याय पाउन नसकिरहेको बताए । किरण दर्जीको मृत्यूमा लापरवाही गरिरहेको राज्य संयन्त्रलाई बाँकी किरणहरु जीवित रहेको भन्दै जानकारी दिदैं उनले घटनालाई ख्यालठट्टा नगर्न आग्रह गरे ।
न्यायका लागि काँकरभिट्टाबाट शुरु भएको अभियान जिल्लाव्यापी बनाउनु पर्ने परियारको भनाई छ । बाल सञ्जालका अध्यक्ष निशान चाम्लिङ राईले प्रहरीले न्याय माग्न समेत अवरोध गरेको बताएका छन् । प्रहरीले कार्यक्रम नगर्न दवाव दिएको बताउँदै उनले किरणको न्याका लागि आवाज उठाउन कसैले रोक्न नसक्ने बताए ।

