
झापा। बैशाख २५ । प्रथम कचनकवल अध्यक्ष तथा उपाध्यक्ष खेलकुद प्रतियोगिता बुधबार (आज) बाट सुरु भएको छ । प्रतियोगिताको औपचारीक उद्घाटन प्रमुख अतिथि प्रदेश सभा सदस्य बसन्त बानियाँले गरेका थिए ।

कचनकवल गाउपालिका विद्यालय स्तरिय फुटबल प्रतियोगितामा ११ वटा माविले सहभागीता जनाएको छ । आज भएको पहिलो उद्घाटन खेलमा लक्ष्मीप्रसाद माविले पेनाल्टी सुटमा ५–४ गोलले लक्ष्मीप्रसाद देवकोटा माविलाई पराजित गरेको छ ।
सत्यनारायण साहको अध्यक्षतामा आयोजना भएको उद्घाटन कार्यक्रममा गाउपालिका प्रमुख अञ्जार आलम, गाउपालिका उपप्रमुख निमसरी राजवंशी, नवराज भट्टराईलगायतले शुभकामना मन्तव्य राखेका थिए ।

