संघ \संस्था

तीन दिने बाल सहजिकरण कार्यक्रम सम्पन्न

झापा, बैशाख ३० । काँकरभिट्टमा बाल सहजिकरण सम्बन्धी तिन दिने कार्यक्रम समापन भएको छ । यहि बैशाख २७ गते देखी २९ गते सम्म सञ्चालन भएको कार्यक्रममा बालजागरण मन्च नेपालका अध्यक्ष मणिकुमार लिम्बु, शिक्षक मदन अधिकारी, संचारकर्मी भुमिका सुब्बा, नाईट चेस क्लबका कार्यक्रम संयोजक गोविन्द घिमिरे र सम्झना सुब्बाले सहजीकरण गरेका थिए ।

बालजागरण मन्च नेपालको आयोजनामा आयोजित सहजीकरण कार्यक्रममा मेचीनगर वार्ड न ६ वडा कार्यालयले सहकार्य गरेको थियो ।

सोही भेलाले वार्ड न ६ को बाल सन्जाल गठन गरेको छ । जस अन्तर्गत नव गठित बाल सन्जालको अध्यक्षमा राजिव खवास, उपाध्यक्षता पुकार घिमिरे, सचिवमा माया लामा, सहसचिवमा कृपेश ओली, कोषाध्यक्षमा सिमरन थापालगायत १७ सदस्यिय नया कार्य समिति रहेको छ ।

Leave a Reply

Your email address will not be published.