अर्थ

मन्त्री चौक देखी ज्ञानु चौक जोड्ने बाटो स्तरोन्नती गरिदै

झापा, बैशाख ३० । भद्रपुर वडा नम्बर ४ स्थित मन्त्री चोक (साविक महेशपुर) देखी ज्ञानु चौक (साविक पृथ्विनगर) जोड्ने बाटो स्तरोन्नती गरिने भएको छ । प्रदेश सभा सांसद बसन्त बानियाँको पहलमा बिनियोजित १६ लाख रकमबाट उक्त सडकको स्तरोन्नती गरिने भएको हो । बाटोको अनुगमन तथा उदेघाटन कार्यक्रमा प्रदेश सभा सांसद बसन्त बानियाँ, भद्रपुर नगरपालिका उपप्रमुख चन्द्रा श्रेष्ठ, नेकपका नेता असारु राजवंशीलगायतले बाटोमा गुणस्तरीय काम गर्दै समयमै सम्पन्न गर्न उपभोक्ता समितिलाई शुभकामना दिए । पुर्ण पुरीको अध्यक्षतामा उपभोक्ता समिति निर्माण भई निर्माण कार्य अगाडी बढाईएको छ ।

Leave a Reply

Your email address will not be published.