
झापा, जेष्ठ ७ । एघारौं जिल्ला स्तरिय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता यहि जेष्ठ ३२ देखि असाढ २ गते सम्म मेची रङ्गशालामा हुने भएको छ । प्रतियोगिता निर्देशन तथा व्यवस्थापन समिति संयोजक तथा झापा जिल्ला समन्वय समितिका प्रमुख सोमनाथ पोर्तलका अनुसार जिल्लास्तरीय प्रतियोगिता जेष्ठ ३२ गतेदेखि गर्ने निर्णय भएको हो ।

सबै स्थानीय तहको स्थानीयस्तर छनौट प्रतियोगिता जेष्ठ २५ गते भित्र सम्पन्न गरी छनौट भएका खेलाडीले जिल्ला स्तरिय छनौट प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछन् । जिल्ला छनौट भएका खेलाडीले प्रदेशको प्रतियोगितामा प्रतिस्पर्धा गर्ने जिल्ला खेलकूद विकास समिति झापाका अध्यक्ष शंकर थापाले बताउनुभयो । कार्यालय प्रमुख टहल दाश मैनालीका अनुसार १८ वर्ष उमेर समुह भन्दा मुनीका कक्षा १२ सम्म अध्ययन गरिरहेका विद्यार्थीलाई प्रतियोगितामा सामेल गराइनेछ ।

