खेलकुद

रोङ्ग गाउँपालिका ५ फाईनलमा प्रवेश

झापा, जेष्ठ ८ । मेचीनगर ३ स्थित पहलेधापमा जारी अन्तर क्लब नकाआउट फुटबल तियोगितामा रोङ्ग गाउँपालिका ५ विजय भएको छ। पहलेधापको खेल मैदानमा बुधवार सम्पन्न पहिलो सेमीफाइनल खेलमा रोङ्ग गाउँपालिका ५ ले जायोन स्पोर्ट क्लबलाई २–१ को गोल अन्तरले पराजित गरेको थियो । रोङ्ग गाउँपालिका ५ को जितका लागि पवन राइ किरण गिरीले एक एक गोल गरेका थिए । जायोन स्पोर्ट क्लबको तर्फबाट विकास लिम्बुले एक गोल फर्काएका थिए ।

आजको प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने जायोन स्पोर्ट क्लबका राजकुमार कन्दङ्गवा म्यान अफ दि म्याच घोषित भए ।
भोली हुने अन्तिम सेमीफाईनल खेल बाहुण्डाँगी युवा क्लब र बहुबन सामुदायिक बन उपभोक्ता समिति बिच हुने खेल संयोजक विसाल मुखियाले जानकारी दिए । झापा र इलामका १६ वटा क्लबले सहभागिता जनाएको प्रतियोगितामा विजेता टिमले नगद ३० हजार र उप विजेता टिमले नगद २० हजार प्राप्त गर्ने छन् । प्रतियोगिताको फाइनल खेल जेठ ११ गते हुनेछ ।

Leave a Reply

Your email address will not be published.