समाचार

धुलावारीमा आमा र छोरीको हत्या प्रयास: जनताले बुझाए ज्ञापन,सोधपुछ् र फुटेजको आधारमा अनुसन्धान तिब्र

झापा, जेष्ठ ९ । झापाको मेचीनगर नगरपालिका–१० प्रशंसा टोलमामा बस्दै आएकी ४१ बर्षीय आरती चौहान (बुढाथोकी) र उनकी ७ छोरी अर्पणा माथि मध्यरातमा सामुहिक हत्याको प्रयास भएको हो । सो घटना भएको थाहा हुन साथ धुलाबारी प्रहरीलाई खवर गरेको भएपनि समयमा नपुगेको स्थानियको गुनसो थियो । साथै बिहान देखि अहिले सम्म दोसी पत्ता लगाउन ढिलो गरेको प्रति गुनसो बढेको छ । मेचीनगर १० क्षेत्रमा हुने बिभिन्न अराजक,अपराधिक गतिबिधी रोक्न प्रहरीको कमजोर सुरक्षा भएको प्रति गुनासो गरेका छन् । प्रहरीले जनताको मन जित्न नसकेको भन्दै चिन्ता ब्यक्त गरेका छन् ।

स्थानीयले बुझाए प्रहरीलाई ज्ञापन पत्र
मेचीनगर १० क्षेत्रका स्थानीयले इलाका प्रहरी कार्यालय धुलाबारीको गतिबिधि प्रति रुष्ट हुँदै ज्ञापन पत्र बुझाएका छन् । धुलाबारी क्षेत्रमा बढेको अराजक तथा अपराधिक गतिबिधी हुँदा समेत प्रहरीले कुनै वस्ता नगरेको भन्दै आज दिउँसो धुलाबारी प्रहरीलाई ज्ञापन पत्र बुझाएको स्थानीय प्रकाश खड्काले बताए ।
बुधवार मात्र धुलाबारीकी आरती चौहानको रातको समय अज्ञात समूहले धारिलो हत्यार प्रयोग गरेको बिहान थाहा भएपछि प्रहरीलाई खवर गर्दा समेत समयमा नपुगेको भन्दै खवरदारी गरेका थिए । घटना भएको भन्दा २ सय मिटिर नजिकमा रहेको प्रहरीले ठाउँ नचिन्नु ,जनता सँग प्रहरीको सहकार्यमा कमि आएको भन्दै उनीहरुले इलाका प्रहरी कार्यालय काँकरभिट्टाका डिएसपी महेश थापालाई सो पत्र बुझाएका हुन ।
ज्ञापन पत्रमा नारायण प्रसाई, चन्द्र बहादुर तिवारी,गोपाल प्रसाद गुप्ता,गोकुल हुमागाई,प्रकाश आचार्य लगायतको हस्ताक्षर रहेको छ ।
ज्ञापन पत्र बुझदै डिएसपी थापाले दोसी पत्ता लगाउने कुरामा अनुसन्धान सुक्षम रुपमा अघि बढाइएको बताए । उनले चाडै दोसी पत्ता लगाउने कुरामा प्रहरी लागि परेको बताए ।

सिसिको फुटेज र बालिकाको भनाईको आधारमा अनुसन्धान
घटनाको बिषयमा घटना स्थल भन्दा केहीँ पर एक बरफ फ्याक्ट्रीको सिसि क्यामेराको फुटेज प्रहरीले संकलन गरेको छ । फुटेजमा २ जना युवा रातको ९ बजेको समयमा देखिन्छन् । बाटोमा पल्सर बाईक राखेर केहीँ बेर अलमल गरेको देख्न सकिन्छ । साथै ति बालिकाले भने अनुसार भेष्ट ,गोरो अनुहार र अग्लो अनुहार भएको ब्यक्ती मिल्दोजुल्दो देख्न सकिन्छ । यसैलाई आधार बनाएर प्रहरीले अनुसन्धान प्रकृया अघि बढाएको छ । अनुसन्धान अनलाईन

Leave a Reply

Your email address will not be published.