
झापा, जेष्ठ १३ । एक नम्बर प्रदेश स्तरिय प्रतियोगितामा सहभागी हुने झापाली महिला कबड्डी टिमको टुङ्गो लागेको छ । भद्रपुर स्थित विरेन्द्र माविमा आईतबार बर्षा राजवंशीको नेतृत्वमा ९ सदस्यिय झापाली टिम छनौट गरिएको थियो । बर्षा संगै टिममा अञ्जली शाह, पुजा राजवंशी, निकिता राजवंशी, सुस्मिता राजवंशी, पुजा राजवंशी ए, रतिका राजवंशी, दिलिसा पौडेल र तिलसा प्रसाई रहेका छन् ।

अब छनौट भएका खेलाडीले संखुवसभाको खादबारीमा सञ्चालन हुने प्रतियोगितामा सहभागी जनाउने छन् । जेष्ठ १५ गते देखी १८ गते सम्म सञ्चालन हुने उक्त प्रतियोगिताका लागि झापाली महिला टोली मंगलबार प्रतियोगिता स्थल गुग्ने छन् ।
छनौट कार्यक्रममा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष शंकर थापा, कार्यालय प्रमुख टहल दाश मैनाली, कबड्डी प्रशिक्षक रतिया राजवंशी, अग्रज पत्रकार तिर्थ सिग्देल, पत्रकार महासंघ जिल्ला सचिव सन्तोष आचार्य, पत्रकार युवराज आचार्य, कबड्डी खेलका राष्ट्रिय रेफ्रि उत्तम पौडेल, सुटलाल राजवंशीलगायतले खेलाडीलाई अग्रिम शुभकामना दिनु भएको थियो । सामाजिक विकास मन्त्रालयको आयोजनामा सञ्चालन भएको प्रतियोगितामा पुर्वाञ्चल क्षेत्रिय खेलकुद विकास समितिको संयोजन रहेको छ ।

