
झापा, जेष्ठ १२ । मेचीनगर वडा नम्बर ६ को आयोजनामा आयोजित दोस्रो वडा अध्यक्ष कप अन्तर मावि खेलकुद प्रतियोगिता आइतबार फुटबल र क्रिकेट खेलका फाईनल खेलहरु आयोजना गरी सम्पन्न भएको छ ।
फुटबल खेलको फाईनल खेलमा अरुणोदय मावि विजयी भएको छ । अरुणोदयले नर्थ प्वाईन्ट माविलाई २–१ गोल अन्तरले पराजित गरेको थियो । अरुणेदयको जितका लागि कुमार मगर र सञ्जित सरदारले एक एक गोल गरेका थिए । नर्थ प्वाइन्टका तर्फबाछ सन्तोष मेचेले एक गोल फर्काएका थिए । जारी प्रतियोगितामा अरुणोदयका बेष्ट मिल्डफिल्डर किसन सरदार, बेष्ट डिफेन्स सोहन सुब्बा, बेष्ट किपर अमित तिम्सिीना भए भने प्लेयर अफ दि टुर्नामेन्ट नर्थ प्वाइन्टका सन्तोस मेचे र बेष्ट कोच अरुणोदयका लाक्पा तामाङ घोषित भए ।

क्रिकेट छात्रतर्फको फाईनल खेलमा नर्थ प्वाइन्ट मावि विजयी भएको छ । नर्थ प्वाइन्टले गंगा मेमोरियल मावि लाई ७ विकेटले पराजित गरेको थियो । खेलको म्यान अफदि म्याच नर्थ प्वाइन्टका आयुस पौडेल , बेष्ट बलर नर्थ प्वाइन्ट कै नितेश गिरि, बेष्ट ब्याट्स म्यान काँकरभिट्टाका प्रविन कार्की तथा प्लेयर अफ दि टुर्नामेन्ट नर्थ प्वाइन्टका नितेश गिरि घोषित भए ।
त्यसै गरी छात्रातर्फको फाईनल खेलमा अरुणोदय मावि विजयी भएको छ । अरुणोदयले तारापुञ्ज माविलाई ५ विकेटले पराजित गरेको थियो । जारी प्रतियोगितामा बेष्ट बलर तारापुञ्जकी निशा उप्रेती घोषत भइन । राइजिङ प्लेयर, उमेन्स अफ दि सिरिज, तथा प्लेयर अफ दि टुर्नामेन्टको उपाधि अरुणेदयकी प्रज्ञा कटुवालले हात पारिन ।
त्यस्तै कराते तर्फ ६ वटा गोल्ड मेडल सहित लोफोफोरस मावि प्रथम भएको छ , त्यस्तै ३ वटा गोल्ड मेडल सहित अरुणेदय मावि दोस्रो तथा २ वटा गोल्ड मेडल सहित नर्थ प्वाईन्ट मावि तेस्रो भए ।
विजेता तथा उपबिजेतालाई कार्यक्रमका प्रमुख अतिथि मेचीनगर वडा नम्बर ६ का वडा अध्यक्ष ललित तामाङ्ग, बिशेष अतिथि मेचीनगर नगरपालिका कार्यापालिका सदस्य लक्ष्मि पाख्रीन, लगायतले पुरस्कार बितरण गर्नुभएको थिए । मेचीनगर वडा नं ६ का खेल संयोजक देवी प्रसाद उप्रेतीको सभापतित्वमा सम्पन्न कार्यक्रममा स्वागत वडा अध्यक्ष कपका संयोजक चिरिञ्जिवि सुब्बा र सञ्चालन सञ्चारकर्मी जीआर धिताल र तिलक तामाङ्गले गर्नुभएको थियो ।

