अर्थ

कर्मचारीको तलब १८ देखि २० प्रतिशतले बृद्धि

काठमाण्डौं, जेष्ठ १६ । आगामी आर्थिक वर्षदेखि लागू हुने गरी सरकारी कर्मचारीको तलब बढेको छ । नेकपाको बहुमतको सरकार भए पनि गत बर्ष कर्मचारीको तलब नबढाउदा सरकार संग कर्मचारी निरास बनेका थिए । तर अहिले भने नेकपाको सरकारले यो बर्ष कर्मचारीको मनोभावनालाई बुझेर आवश्यकता अनुसार तलब बृद्धि गरे संगै सम्पूर्ण कर्मचारीहरु सरकार संग खुशि भएका छन् ।
बुधबार संघीय संसदमा आर्थिक वर्ष २०७६\७७ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. युवराजत खतिवडाले राजपत्रअनंकित श्रेणीका कर्मचारीको २० प्रतिशत र राजपत्राकिंत श्रेणीका कर्मचारीको १८ प्रतिशतले तलब बढोएका छन् ।
अर्थमन्त्री खतिवडाले गरेको घोषणाअनुसार निजामतितर्फ नायब सुब्बासम्मका कर्मचारीको तलब २० प्रतिशतले बढ्ने छ भने शाखा अधिकृतभन्दा माथि सचिवसम्मका कर्मचारीको तलब १८ प्रतिशतले बढ्ने छ ।
अर्थमन्त्री खतिवडाले सरकारी कोषबाट तलब खाने निजामति, सेना, प्रहरी, सशस्त्र प्रहरी गरी सबै कर्मचारीको तलब बढाइएको बताए ।
यस अनुसार अब नयाँ तलबमान अनुसार आधार तलब ३ हजार ४४५ रुपैयाँदेखि ९ हजार ८१० रुपैयाँसम्म बढेको छ। अब बढेको तलब र महँगी भत्तासमेत गरेर कार्यालय सहयोगीले २८ हजार ५६४ रुपैयाँ मासिक पाउने छन् भने मूख्य सचिबले ६६ हजार ३१० रुपैयाँ पाउने भएका छन् ।

Leave a Reply

Your email address will not be published.