अर्थ

पञ्चकन्या मोडुलर किचन एण्ड एसेस्सोरेज अब विर्तामोडमा

झापा, जेष्ठ ३१ । झापाको विर्तामोड ५ स्थित पुरानो भद्रपुर रोडमा पञ्चकन्या मोडुलर किचन एण्ड एसेस्सोरेज शुक्रबार देखि सञ्चालनमा आएको छ ।
मेचीनगर कार्यपालिका सदस्य तथा युवा व्यवसायी टिकाराम मंग्रान्ती, सुमनध्वज थापा र योगेश भण्डारीको संयुक्त लगानीमा करिब २५ लाखको लागतमा सो व्यवसाय सञ्चालनमा आएको हो । व्यवसायको विधिवत उद्घाटन शुक्रबार विर्तामोडका युवा व्यसायी ज्ञानु प्रसाईले गरेका थिए ।

पञ्चकन्या मोडुलर किचन एण्ड एसेस्सोरेजमा मोडुलर किचन, मोडुलर फर्निचर, बेतका फर्चिचर, लेमिनेट पार्केटिङ्ग, फिल्टर (आर ओ प्लस यू भि), किचन चिम्नी, आल्मुनियम, फल्ससिलिङ्ग, रेडिमेट ढोका र सोलार वाटर हिटरलगायतका सामाग्रीहरु उपलब्ध रहेको छ । साथै उद्घाटनको अवसरमा एक हप्ता सामान खरिदमा १५ प्रतिशत छुट रहेको सञ्चालक टिकाराम मंग्रान्तीले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published.