काठमाण्डौ, अषाढ १७ । अहिले देशभरी नै प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन भईरहेको छ । प्रधानमन्त्री रोजगार कार्यक्रमको नाममा हेलमेट, पञ्जा, कुटो कोदाला र हसिया लगायतका औजार लिई पैनी झोड्ने, फुलबारी गोड्ने मकै गोडने, झार उखलेर झारा टारेका आरोप कतीपय स्थानिय तहलाई आरोप लागिरहेको छ । जारी कार्यक्रम अन्तर्गतको भत्ता पचाउन कतिपय नगरपालिका, गाउँपालिका र वडामा आफ्ना नजिकका कार्यकर्तालाई हेलमेट र पञ्जा वितरण गरिएको घटना समेत आइरहेका छन् ।

तर दोलखाको सैलुङ गाउँपालिकामा भइरहेको एउटा कामले भने प्रधानमन्त्री रोजगार कार्यक्रम ओझ बढाइदिएको छ। प्रधानमन्त्री रोजगार कार्यक्रममा तोकीएको आवश्यक मापदण्ड पुरा गर्दै हाम्रालाई होईन राम्रालाई जिम्मेवारी दिन सके दिगो र भरपर्दो कार्य गर्न सफल हुने एउटा उदाहरण बनेको छ सैलुङ गाउँपालिकाको वडा नम्बर एक । सबै स्थानिय क्षेत्रले यसरी नै निष्पक्ष कार्य गरेमा देशकै नमुना काम भएको छ ।
सैलुङ गाउँपालिकाको वडा नम्बर एकमा प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत ९४ घनमिटर बाटो सोलिङ गरिएको छ । चार मिटर चौडाइ रहेको यस बाटोमा ४ सय ४८ जना कामदार लागेको र दैनिक ४० जनाले काम गरेको वडाध्यक्ष विर्ख बहादुर तामाङले बताए । उनका अनुसार प्रधानमन्त्री स्वरोजगार कार्यक्रमबाट आएको ३ लाख ६२ हजार रुपैयाँ खर्च गरेर वडा कार्यलय देखि गाउँपालिकाको कार्यलय जोड्ने बाटोलाई व्यवस्थित गरिएको हो ।

