काठमाण्डौं, अषाढ २२ । माध्यमिक शिक्षा परीक्षा (एसइई) को पूरक परीक्षाको मिति सारिएको छ ।
यसअघि साउन २६ र २७ का लागि तोकिएको परीक्षा अब भदौ १ गतेदेखि ११ गतेसम्म हुने बोर्डले जनाएको छ । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले आईतवार सरेको नया परीक्षा तालिका सार्वजनिक गरेको छ ।

२०७५ चैतमा सञ्चालित एसईई परीक्षामा कुनै २ विषयमा सी वा सीभन्दा कम ग्रेड आउने विद्यार्थीका लागि ग्रेड वृद्धिका लागि पूरक परीक्षा सञ्चालन गर्न तालिका सार्वजनिक गरेको हो ।
गत चैत महिनामा सञ्चालित एसईई परीक्षामा नियमित समूहबाट सामेल भएका विद्यार्थीले बढीमा २ विषयसम्म सैद्धान्तिकतर्फ सी वा सीभन्दा कम ग्रेड आउने वा २ विषयमा अनुपस्थित भएका विद्यार्थीले परीक्षा दिन पाउने व्यवस्था गरेको छ ।

