काठमाण्डौं, अषाढ २२ । भारतको नयाँ दिल्लीमा आयोजित सौन्दर्य प्रतियोगिता ‘मिस टिन भारत २०१९’ को उपाधि नेपाली चेली निकिता थापा मगरले जितेकी छिन् ।
निकिताले भारत भरीबाट छनौट भएर आएका २९ प्रतिस्पर्धिलाई पछि पादै ‘मिस टिनको उपाधि जितेकी हुन् ।

निकिता झापाको मेचीनगर– ६ काकरभिट्टाकी स्थाइ बासिन्दा हुन । उनी काँकरभिट्टा उच्च मावि कक्षा १२ व्यवस्थापन संकायमा अध्ययनरत छिन् ।
अमन गान्धि फिल्म प्रोडक्सनद्ले आयोजना गरेको सौन्दर्य प्रतियोगिता भारतको विभिन्न प्रान्तबाट अनलाईन अडिसनबाट प्रतियोगी छनौट गरी दिल्लीको करोलबाघ मेट्रो भ्यू होटलमा कार्यक्रमको आयोजना गरिएको थियो । निकिताले भारतको सिलिगुडीबाट अडिसन दिएकी थिइन् ।

