काठमाण्डौ, अषाढ २२ । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले आइतबार बिहानै गरेको ट्वीट सामाजिक सञ्जालमा चर्चाको विषय बनेको छ ।

उनले बिहानै आक्रोसित हुँदै ट्वीटरमा लेखेका छन् ‘भनिन्छ, छौंडाहरू आफैं चलमलाउँदैनन् कसैले छोड्छन् दुःख दिन्छन् ! यी छौंडाहरू आफैं चलमलाएका हुन् की कसैले छोडेका ?’
उनको यो ट्वीटमा प्रतिक्रिया जनाउदै सत्ता पक्षकै अनेरास्ववियू र युवा संघका जिम्मेवार पदमा रहेका अधिकांशले रिमालको आलोचना गरेका छन् ।
उनको ट्युटलाई कटाक्ष गर्दै अनेरास्ववियु केन्द्रिय सचिब सुदेस पराजुलीले यस्तो अभिव्यक्ति दिएका हुन् ।

पराजुलीले बालुवाटारमा बसेर जनताको करबाट तलब खानेहरुले जनतालाई छौँडा दृष्टिकोणले हेर्ने गरेको बताएका छन । शासनको आसनमा बसेर कुनै दुरगामी असरको ख्यालै नगरी जे पायो त्यही बोल्न कसैलाई नि छुट नभएको उनको भनाइ छ। बालुवाटार बसेर आम नागरिकमा हेरिने दृश्टि समान हुनुपर्ने कुरामा जोड दिदै पराजुलीले भने त्यो चस्मामा दोष मिसिनु हुन्न ता कि कुनै ब्यक्ती ताकी हेर्ने नजरमा फरक नपरोस् ।
अनेरास्ववियु पुर्व विद्यार्थी नेता अशेष घिमिरेले यस्तो लेखेका छन् ।

सत्ताको अन्धताले मानिसलाई कतिसम्म बहुलठ्ठी बनाउँछ भन्ने कुरा आवधिक सल्लाहकार रहेका एक ३नमुना का बोलाई लेखाइले देखाउँदैछ । तपाईं र मेरो पार्टी यी र यस्तैहरुले ध्वस्त बनाउँदैछ्न् । आँखा खोल्नुहोस् कमरेड ।
युवा संघ नेपालका पुर्व केन्द्रिय सदस्य उमेश खतिवडाले आफ्नो धारण सामाजिक सञ्जालमा यसरी राखेका छन् ।

सत्ता को उन्माद ले तिम्रा चेत हराएको होरु शब्द चयन हेरौ त।
अनेरास्ववियु केन्द्रिय सदस्य मिलन राईले यस्तो लेखेका छन् ।

कहिले काहि म सोच्छु , बा नभएको भए रिमालको के हुन्थ्यो होला भनेर । जागिर कस्ले दिन्थ्यो होला ?
प्रधानमन्त्री ओलीको गृह जिल्ला झापा अनेरास्ववियु जिल्ला कमिटि कोषाध्यक्ष सागर लिम्बुले यस्तो लेखेका छन् ।

प्रधानमन्त्री ज्यु मन्त्री हेरफेर गर्ने भन्दा सल्लाहकार हेरफेर गर्न अनुरोध छ हेर्नुहोस तपाईंको सल्लाहकारको अभिव्यक्तिले तपाईंको साख बढाउने भन्दा गिराउने खेल खेलेको छ आफै सोच्नुहोस यसरी समृद्धि यात्रा कसरी तय गर्न सकिन्छ यो शब्दको प्रतिउत्तर दिने शब्द कहि शब्दकोशमा भेटिन पिएम ज्यु ।

