खेलकुद

राखेप सदस्य सचिवमा सिलवाललाई नियुक्त गर्ने तयारी

काठमाण्डौं, अषाढ २२ । राष्ट्रिय खेलकुद परिषद् राखेपको सदस्य सचिवमा रमेश सिलवाल नियुक्त हुने भएका छन् ।
युवा तथा खेलकुद मन्त्री जगत बहादुर सुनार विश्वकर्माले उनलाई ४ वर्षका लागि सदस्य सचिवमा नियुक्त गर्ने तयारी गरेका छन् ।
गएको असार ९ गते निवर्तमान सदस्य सचिव केशव कुमार बिष्टको ४ वर्षे कार्यकाल समाप्त भएपछि सदस्य सचिवको पद रिक्त थियो । लामो कसरत पश्चात १३ दिन पछि राखेपले नेतृत्व पाएको छ । निर्वतमान सदस्य सचिव केशवकुमार विष्टको असार ९ गतेबाट चार बर्षे कार्यकाल पुरा भएपछि सरकारले सिलवाललाई सदस्य सचिव नियुक्त गर्न लागेको हो ।
नेकपा निकट मदन भण्डारी स्पोर्ट्स एकेडेमीका पुर्व अध्यक्ष समेत रहेका सिलवाल उच्च माध्यमिक विद्यालय एसोसिएसनका अध्यक्ष हुन् । उनि गोल्डेन गेट कलेजका सञ्चालक समेत हुन् । यसअघि सिलवाल नेपाल क्रिकेट संघको तदर्थ समितिको संयोजक रहेका थिए ।
सदस्य सचिवको दौडमा निर्वतमान सदस्य सचिव बिष्टसँगै दानबहादुर तामाङ, शिव कोईराला, पिताम्बर तिम्सिना लगायतले जोड गरिरहेका थिए ।

Leave a Reply

Your email address will not be published.