राजनीति

कार्य विभाजन रोकेर ओली–प्रचण्ड विदेश

काठमाण्डौं, श्रावण १४ । सत्तारूढ नेकपाको केन्द्रीय नेताहरूको कार्य विभाजन प्रस्ताव फेरि पछि धकेलिएको छ। पार्टीको केन्द्रीय विभागअन्तर्गतको स्कुल विभागको नेतृत्वमा पूर्वपार्टीका दुई धारका बीच मतभेद बढिरहेका बेला नेताहरूले त्यसलाई टुंगो नलगाई सचिवालय बैठक पछि धकेलेका हुन्।
तत्कालीन एमाले–माओवादीबीच पार्टी एकता भएको १५ महिना बितिसक्दा पनि कार्यविभाजनमै अलमल भइरहेको छ। सचिवालय बैठकपछि धकेलेर अध्यक्षद्वय प्रधानमन्त्री केपी ओली र पुष्पकमल दाहाल विदेश भ्रमणमा निस्कन लागेपछि एकता प्रक्रियामा ढिलाइ हुन पुगेको हो।
श्रावण ५ यता मात्रै तीनपटक स्थगित सचिवालय बैठक सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको थियो। तर बैठकमा कार्य विभाजन प्रस्तावमा नेताहरूले अझै गृहकार्य नपुगेको धारणा राखेपछि बैठक २८ श्रावणसम्मका लागि स्थगित भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए। अन्नपूर्ण पोस्ट दैनिकबाट

Leave a Reply

Your email address will not be published.