स्वास्थ्य

श्रीमती बचाइदिन पूर्णको आग्रह

झापा, श्रावण १४ । बनम्यारो रोगबाट पीडित श्रीमतीको उपचारमा सक्दो सहयोग गरिदिन पूर्ण धिमालले सहयोगी सबैमा अपिल गरेका छन् । मेचीनगर नगरपालिका ८ निवासी ३१ वर्षीय श्रीमती देउकुमारी धिमालको उपचारका लागि श्रीमान् पूर्ण धिमालले यस्तो आग्रह गरेका हुन् । आर्थिक अवस्था कमजोर रहेको धिमाल परिवारमा अहिले देउकुमारीलाई औषधी उपचार गर्न समस्या भई रहेको छ । Read More…

समाचार

पौडी खेल्दा डुबेर युवकको मृत्यु

चितवन, श्रावण १४ । चितवनको कयरखोलामा पौडी खेल्न गएका १ युवकको मुत्यु भएको छ । रत्ननगर नगरपालिका–३ चाउचाउ फ्याक्ट्री नजिक बस्ने वर्ष १४ का सन्दीप कँडेलको पौडी खेल्ने क्रममा डुबेर मुत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक एकनारायण कोइरालाले जानकारी दिए । साथीहरूसँगै पौडी खेल्न गएका उनको सोमवार दिउँसो १ बजे मुत्यु Read More…

कला

नेवार समुदायले आज गठामुंग पर्व मनाउँदै

काठमाण्डौं, श्रावण १४ । श्रावण कृष्णपक्ष घण्टाकर्ण चतुर्दशीको अवसरमा आज काठमाडौँ उपत्यकालगायत देशका विभिन्न भागमा बसोबास गर्ने नेवार समुदायले घर शान्तिको कामनासहित घण्टाकर्णको पूजा गर्दै गठामुंग पर्व मनाउँदैछन् । यस दिन नेवार समुदायले आफ्नो घरगृह शान्तिको कामना गर्दै आफ्ना परिवारलाई रोगव्याधी नलागोस् भनेर घण्टाकर्णको पूजा गरी घर–घरबाट भूतप्रेत मन्छाउने गर्दछन् । विशेषगरी किसानले वैशाख महीनामा Read More…

राजनीति

भोलीको बन्द कडा हुने चेतवानी दिँदै ‘विप्लव’ नेतृत्वको नेकपाले जारी गर्यो यस्तो विज्ञप्ति

काठमाण्डौं, श्रावण १४। भोली नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले बन्दको आह्वान गरेको छ । आफ्ना केन्द्रीय सदस्य एवम् उपत्यका ब्युरो ईन्चार्ज माईला लामा पक्राउको बिरोधमा उक्त पार्टीले भोलि बन्दको आवह्वान गरेको हो । नेकपाले यहीँ साउन १५ गते अर्थात भोली बाग्मती, नारायणी ब्युरो सहित जनकपुर ब्युरो अन्तर्गतका जिल्लामा बन्दको आवह्वान गरेको जनाएको Read More…

समाचार

ब्राजिलको जेलमा झडप; कम्तीमा ५२ जनाको मृत्यु

काठमाण्डौँ, श्रावण १४ । ब्राजिलको एक जेलमा भएको झडपमा कम्तीमा ५२ जनाको मृत्यु भएको छ । कैदीबन्दीका दुई प्रतिद्वन्द्वी समूहबिच करिब पाँच घण्टा चलेको झडपमा कम्तीमा ५२ जना मारिएको अधिकारीहरूलाई उद्‍धृत गर्दै बीबीसीले जनाएको छ। पारा प्रान्तको अल्तामिरा जेलको एउटा भवनमा राखिएको कैदीले अर्को भवनमा आक्रमण गरेका थिए । मृत्यु हुने ५२ जनामध्ये १६ जनाको Read More…

राजनीति

कार्य विभाजन रोकेर ओली–प्रचण्ड विदेश

काठमाण्डौं, श्रावण १४ । सत्तारूढ नेकपाको केन्द्रीय नेताहरूको कार्य विभाजन प्रस्ताव फेरि पछि धकेलिएको छ। पार्टीको केन्द्रीय विभागअन्तर्गतको स्कुल विभागको नेतृत्वमा पूर्वपार्टीका दुई धारका बीच मतभेद बढिरहेका बेला नेताहरूले त्यसलाई टुंगो नलगाई सचिवालय बैठक पछि धकेलेका हुन्। तत्कालीन एमाले–माओवादीबीच पार्टी एकता भएको १५ महिना बितिसक्दा पनि कार्यविभाजनमै अलमल भइरहेको छ। सचिवालय बैठकपछि धकेलेर अध्यक्षद्वय प्रधानमन्त्री Read More…