चितवन, श्रावण १४ । चितवनको कयरखोलामा पौडी खेल्न गएका १ युवकको मुत्यु भएको छ । रत्ननगर नगरपालिका–३ चाउचाउ फ्याक्ट्री नजिक बस्ने वर्ष १४ का सन्दीप कँडेलको पौडी खेल्ने क्रममा डुबेर मुत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक एकनारायण कोइरालाले जानकारी दिए ।
साथीहरूसँगै पौडी खेल्न गएका उनको सोमवार दिउँसो १ बजे मुत्यु भएको र उनका साथीहरुले शव निकाली प्रहरीलाई खबर गरेपछि प्रहरीले घटनास्थलको मुचुल्का उठाई भरतपुर अस्पताल पठाएको जनाएको छ ।

