झापा, श्रावण २१ । बोनम्यारो रोगबाट पीडित मेचीनगर नगरपालिका ८ निवासी ३१ वर्षीय देउकुमारी धिमाललाई सहयोग जुट्न थालेको छ । बिर्तामोडमा रहेको झरना सर्जिकलका संचालक ओम खड्का तथा श्रीमती अप्सरा बुढाथोकी खड्काले आफ्नो बुबा दलवहादुर खड्का र आमा टंकमाया खड्काको हातबाट नगद १० हजार देउकुमारी धिमालकी श्रीमान् पूर्ण धिमाललाई प्रदान गरेका छन् ।
मेचीनगर ६, काँकडभिट्टा स्थायी घर भएका हाल अस्ट्रेलियाको सिड्नीमा बसोवास गर्दै आएका सचिन प्रधानले पनि देउकुमारीको उपचारको लागि नगद रु २५ हजार सहयोग गरेका छन् ।
मेचीनगर ६, बर्मेली टोल स्थायी घर भई हाल अमेरिकामा रहेका भानु बन्जाराले बुबा शोभाखर बन्जारासहित परिवारका सम्पूर्ण सदस्यहरुको उपस्थितिमा नगद ५ हनार १ सय बिरामीको घर मै पुगेर सहयोग पिडित देउकुमारी लाई हस्तान्तरण गरेका छन् ।

त्यसै गरी मेचीनगर ७, ईटाभट्टामा घर भई हाल काठमाडौमा बसोबास गरिरहेका समाजसेवी तथा विद्यार्थी नेता पदम निरौलाले धिमालको उपचारका लागि नगद १० हजार सहयोग गरेका छन् ।
आर्थिक अवस्था कमजोर रहेको धिमाल परिवारमा अहिले देउकुमारीलाई औषधी उपचार गर्न समस्या भई रहेको छ । सबै सहयोगी मनकारी दाताहरुलाई देउकुमारीको उपचारमा सहयोग गरी पुर्नजीवन दिलाइदिन देश विदेशका सम्पूर्णमा परिवारजनले आग्रह गरेको छ ।
जीवनमरणको दोसाधमा रहेकी देउकुमारीलाई उपचारमा सहयोग गर्न इच्छुक सहयोगी दाताहरुले प्रभु बैकको खाता नम्बर ११६१०७०१३२४२०००००००१ मा सिधै सहयोग रकम जम्मा गर्न सक्ने श्रीमान् पूर्णले बताए । त्यसै गरी श्रीमान् पूर्ण धिमालको मोवाइल नम्बर ९८४२७५७९५३ मा सम्पर्क गरी सहयोग गर्न सक्ने परिवारले जनाएको छ ।

