काठमाण्डौं, भाद्र ९ । जनकपुरधाममा निर्माणाधीन अवस्थामा रहेको घरको छतबाट खसेर एक मजदुरको आज विहान मृत्यु हुनुका साथै एक मजदुर घाइते भएका छन् ।छतवाट लडेर मृत्यु हुनेमा सप्तरीको सम्भुनाथ नगरपालिका वडा नंं ६ वर्ष ४० नन्दु मण्डल रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
मृतक मण्डलको टाउको , छाती र खुट्टामा गम्भीर चोट लागेको कारण घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । सोही दुर्घटनामा परेर मृतकका छिमेकी वर्ष ३० को हरिकातन्त मण्डल घाईते भएका छन्। घाईते मण्डलको उपचार जनकपुर अञ्चल अस्पतालमा भैरहेको छ । जनकपुरधाम उपमहानगरपालिका १३ पीडारीका रामसोगारथ साहको निर्माणाधिन घरको छतमा काम गरि रहेको बेला बिहान दुवैजना लडेको प्रहरीले जनाएको छ ।

