राजनीति

विप्लवका छोरा प्रकाश चन्द प्रक्राउ

चितवन, भाद्र २५ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव)का छोरा प्रकाश पक्राउ परेका छन् । उनलाई चितवन मेडिकल कलेजबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

चितवन मेडिकल कलेजका विद्यार्थीहरु केही दिन अगाडिदेखि विभिन्न माग राखी आन्दोलनरत छन् । सो आन्दोलनमा प्रकाश चन्दले नेतृत्व गर्दै आएका थिए । सोही क्रममा उनी सहित १८ जना विद्यार्थी पक्राउ परेका हुन् ।

११ जना छात्र र ७ जना छात्रा रहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । प्रकाश सहित उनिहरुलाई जिल्ला प्रहरी कार्यालय चितवनभित्र राखिएको प्रहरी नायव उपरीक्षक शालिग्राम शर्माले जानकारी दिए । अस्पतालभित्रै प्रवेश गरी सेवा प्रवाहमा अवरोध खडा गर्ने र तोडफोड गर्न खोजेपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

अहिले पनि विद्यार्थीहरुले उनिहरुको प्रक्राउको विरोधमा मेडिकल कलेजको गेटमा आन्दोलन जारी राखेका छन् । मेडिकल कलेजमा जनपथ प्रहरी र ससस्त्र प्रहरी खटाईएको छ ।

Leave a Reply

Your email address will not be published.