कला विविध

रौतहटमा गोली चल्यो, हिन्दु र मुस्लिम समुदाय बिच झडप

काठमाण्डौं, भाद्र २६ । रौतहटमा हिन्दु र मुस्लिम समुदाय बिच झडप भएको छ । जसको कारण रौतहटमा तनाब सुरु भएको छ । राजपुर–६ कुडियाबजार क्षेत्रमा दुई पक्षबीच झडप हुँदा नियन्त्रण गर्न प्रहरीले अश्रुग्यास प्रहार गर्नु परेको थियो । स्थानीयको झडप नियन्त्रणबाहिर गएपछि त्यस क्षेत्र तनाब ग्रस्त भएको हो ।

प्रहरीले भिडलाई नियन्त्रणमा लिन बिहिबार दिउँसो ३० राउण्ड हवाइफार र २८ सेल भन्दाबढी अश्रुग्यास हानेको जानकारी दिएको छ । कुडियाबजार नजिकै रहेको पोखरीको किनारमा मुस्लिम समुदायले राखेको झण्डा निकालेको विषयलाई लिएर विवाद सुरु भएको भनिएको छ । सामान्य रुपमा उत्पन्न विवादले अचानक उग्ररुप लिएको हो । झडपका क्रममा प्रहरीको गाडीमा पनि ढुंगामुढा हानिएको छ ।

झडपका कारण कुडियाबजार क्षेत्रमा अहिले तनाव कम हुनुको सट्टा झन बढ्दै गएको छ । डीएसपी नवीन कार्कीको नेतृत्वमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको भए पनि भिडलाई नियन्त्रणमा लिन गाह्रो भएको छ । कुडियाबजार क्षेत्रमा देखा परेको समस्या समाधान गर्नका लागि जिल्ला प्रशासन कार्यालय रौतहटमा जिल्ला सुरक्षा समितिको आकस्मिक बैठक पनि बसिरहेको छ ।

हिजो साँझ छठ पर्व मनाउनेहरुले बनाएको श्री सप्ताह मूर्ति तोडफोड भएपछि विवाद उत्पन्न भएको थियो । श्री सप्ताह मुर्ति तोडफोड भएको र त्यस ठाउँमा मुसलमान समुदायको झण्डा देखिएपछि विवादले अर्कै स्वरुप लिएको हो । यसै विषयमा हिजो राति पनि झ’डप हुँदा प्रहरीले हवाई फायर र अश्रुग्यास प्रहार गरेको थियो ।

विवाद समाधान गर्नका लागि स्थानीय प्रहरी प्रशासनले आज मुस्लिम अगुवासँग छलफल गरेर पोखरी किनारमा राखेको झण्डा हटाएको थियो । सोही झण्डा हटाएको विरोधमा आज दिउँसो प्रदर्शन भएर झडको रुप लिएको हो ।

Leave a Reply

Your email address will not be published.