खेलकुद

च्याम्पियन्स लिगमार्फत मैदान फर्कने नेयमारको तयारी

काठमाडौं, कात्तिक २३ । फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) स्टार नेमयार मैदान फर्कने तयारी गरेका छन् । उनी च्याम्पियन्स लिगको खेलमार्फत मैदान फर्कने तयारी गरेका हुन् ।

२७ बर्षका ब्राजिली फरवार्ड नेयमार विश्व कीर्तिमानी मुल्यमा पीएसजी गएका थिए । उनको करियर भने चोटले बिथोलिएको छ । बारम्बार चोटग्रस्त हुँदा सो घटनाले उनका समर्थकहरु पनि निरास हुने गरेका छन् । नेयमारलाई पनि बारम्बार घाईते हुँदा र खेल गुमाउदा फुटबल केरियरमा नै असर परिरहेको छ । साथै उनलाई विभिन्न प्रश्न तथा आरोपको सामना पनि गर्नु परिरहेको छ ।

अघिल्लो महिना ब्राजिलले नाईजेरियाविरुद्व खेलेको मैत्रीपूर्ण फुटबलमा उनले चोट बोेकेका थिए । त्यसपछि नेयमार मैदान बाहिर रहदै आएका छन् ।

तर नेयमार च्याम्पियन्स लिग फुटबलमा रियल मड्रिडको भ्रमण गर्दै मैदान फर्कने तयारी गरेका हुन् । पीएसजीले नोभेम्बर २६ मा अवे खेल अन्तर्गत रियल मड्रिडविरुद्व खेल्दैछ । ँचोट बोक्नु अघि नेयमारले पाँच क्लब खेलमा चार गोल गरेका थिए ।

गत समर ट्रान्सफरमा नेयमार रियल मड्रिडसंग जोडिएका थिए । तर अन्तिममा उनी फ्रान्समै रहने निश्चित भएको थियो ।

Leave a Reply

Your email address will not be published.