शिक्षा

नेपाली भूभाग भारतीय नक्सामा समेटिएको भन्दै विद्यार्थीले गरे मेची पुलमा विरोध

झापा, कात्तिक २५ । कालापानीलगायत नेपाली भूभागलाई भारतले आफ्नो नक्सामा समेटेको विरोधमा काँकरभिट्ट मावि र क्याम्पसमा अध्यायनरतहरुले नेपाल र भारत जोडिएको झापाको काँकरभिट्टा स्थित मेची पुलमा सोमवार बिहान प्रदर्शन गरेका छन् ।

काँकरभिट्टा मावि र क्यम्पसका विद्यार्थीहरुको संयुक्त आयोजनामा भएको प्रदर्शनमा करिब २०० को संख्यामा विद्यार्थी तथा नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

भारतीय बिस्तारवाद मुर्दावाद, लिपुलेक हाम्रो प्राण हो, सिमाना मिचन पाइदैन यस्तो छिमेकी चाइदैन कालापानी लिपुलेक हाम्रो हो लगायतका नारा लगाउदै काँकरभिट्टा बजार परिक्रमा गरीएको र्याली मेची पुलमा पुगेर कोड सभामा परिणत भएको थियो ।

कार्यक्रममा अनेरास्ववियु मेचीनगर अध्यक्ष सन्तोष धमला, नेविसंघ नगर सचिव रुपक पराजुली, अनेरास्ववियु काकर्भिटा बहुमुखी क्याम्पस सदस्य .बिक्रम दुलाल, क्षितिज लुईटेललगायतका विद्यार्थी नेताले भारतले तत्काल नक्सा नसच्याए कडा आन्दोलन गर्ने चेतावनी दिए ।

Leave a Reply

Your email address will not be published.