खेलकुद

सतिघट्टा ११ विजयी

झापा, मंसिर १५ । मेचीनगर–५ स्थित पशुपति युवा क्लवको आयोजनामा शनिबारदेखि सञ्चालित टि–१० क्रिकेट प्रतियोगिताको दोस्रो दिनको खेलमा सतिघट्टा –११विजयी भएको छ ।

मेचीनगर ५ स्थित भेटघाट खेल मैदानमा आइतबार सम्पन्न खेलमा सतिघट्टा–११ ले बाहुनडागी युवा क्लबलाई ९ विकेटले पराजित गरेको हो । टस हारेर ब्याटिङको निम्तो पाएको बाहुनडाँगीले दिएको ७४ रनको लक्ष्य सतिघट्टाले सजिलै भेट्टाएको हो ।

खेलको म्यान अफ द म्याच सतिघट्टा –११ का अमित दाहाल घोषित भए । उनले ४९ रन र २ विकेट लिएका थिए । उनलाई प्रहरी निरीक्षक जयदेव माझीले म्यान अफ द म्याच प्रदान गरेका थिए ।

भोली (सोमबार) को पहिलो खेल आयोजक पशुपति युवा क्लव र बोस्टन एकाडेमी तथा दोस्रो खेल धुलाबारी क्रिकेट टिम र भद्रपुर क्रिकेट क्लबबीच हुने आयोजक क्लबका अध्यक्ष राजु मगरले जानकारी दिए ।

१६ टिमको सहभागिता रहेको खेलमा विजेताले ५० हजार र उपविजेताले २५ हजार रुपैयाँसहित ट्रफि, मेडल र प्रमाणपत्र पाउने सचिव पुष्प गेलालले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published.