संघ \संस्था

कुलमानलाई नास्ट प्रविधि पुरस्कार

काठमाडौँ, मंसिर २१ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक इन्जिनियर कुलमान घिसिङलाई नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)ले यस वर्षको ‘नास्ट प्रविधि पुरस्कार’ प्रदान गरेको छ ।

देशलाई लोडसेडिङमुक्त बनाउनमा योगदान पुर्याएबापत घिसिङलाई यो पुरस्कार प्रदान गरिएको हो। पुरस्कारको राशि एक लाख रुपैयाँ नगद र सम्मान पत्र रहेको छ।

शिक्षा तथा विज्ञान प्रविधिमन्त्री एवं नास्टका सहकुलपति गिरिराजमणि पोखरेलले नास्टको ३७ औं वार्षिकोत्सवको अवसरमा ललितपुरमा शुक्रबार आयोजित एक कार्यक्रममा घिसिङलाई पुरस्कृत गरेका हुन्। नास्टले हरेक वर्ष विज्ञान तथा प्रविधिका विभिन्न क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याएका वैज्ञानिक प्राविधिको प्रोत्साहन तथा सम्मान गर्दै आएको छ।

प्राधिकरणले विद्युत् चोरी नियन्त्रण, ग्राहक सेवामा सुधार, महसुल बक्यौता असुलीमा कडाइ, प्राविधिक चुहावट घटाउन ट्रान्सर्फमर, वितरण लाइन तथा सबस्टेसनको स्तरोन्नति तथा सुदृढीकरणलगायतका काम अभियानकै रूपमा चलाइरहेको छ ।

Leave a Reply

Your email address will not be published.