समाचार

सिन्धुपाल्चोकमा बस दुर्घटना, १३ जनाको मृत्यु, १८ घाइते

काठमाडौं, मंसिर २९ । दोलखाको कालिन्चोकबाट भक्तपुर आउँदै गरेको बस सिन्धुपाल्चोकमा दुर्घटना हुँदा १३ जनाको घटनास्थलमै मृत्यु भएको छ । १८ जना घाइते भएका छन् ।

आइतबार बिहान ८ः३० बजे सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका–७ स्थित छ किलोमा कालिन्चोक मन्दिर दर्शनका लागि रिजर्भ गरेर लगिएको उक्त बा २ ख ४४६८ नम्बरको बस सडकबाट ५०० मिटर ले तल खसेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।

प्रहरीका अनुसार उक्त बस रिजर्भ गरेर कालिन्चोक मन्दिर दर्शन गरेर फर्किएको थियो । घाइतेहरुको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ । घटनाको थप विवरण आउन बाँकी छ ।

Leave a Reply

Your email address will not be published.