समाचार

यात्रुवाहक बसको ठक्करबाट झापामा एकको मृत्यु

झापा, पुष ४ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत झापाको बिर्तामोड सडकखण्डमा यात्रुवाहक बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा इलाम घर भई हाल कन्काई नगरपालिका–३ लक्ष्मीपुर बस्दै आएका ५६ वर्षीय होमनाथ ढुंगेल छन् । बिर्तामोडस्थित कृषि थोक बजारमा सेक्युरिटी गार्डको काम गर्दै आएका उनलाई आज बिहान बिर्तामोडको पश्चिम बस स्ट्याण्ड नजिकै ना ४ ख Read More…

स्वास्थ्य

देशैभर चिसो बढ्यो

काठमाडौं, पुष ४ । पश्चिमी वायुको प्रभावले काठमाडौँ उपत्यकासहित देशभर चिसो बढेको छ । तापक्रम घटेसँगै उपत्यकामा बढी चिसो महसुस गरिएको छ । पश्चिमी वायुको प्रभावले देशभर तापक्रम घट्ने क्रम शुरु भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाको अनुसार राति बदली भए दिउँसो तापक्रम बढ्ने र आकाश खुल्ला भए ता पक्रम घट्ने हुन्छ । Read More…

समाचार

मोटरसाइकल चोरी गर्ने ११ पक्राउ

काठमाडौं, पुष ४ । नेपाल प्रहरीले राजधानीका विभिन्न स्थानबाट मोटरसाइकल चोरी गर्ने ११ जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त कीर्तिपुरले चन्द्रागिरि, नागार्जुन, कीर्तिपुरलगायतका विभिन्न स्थानबाट हराएका नौ वटा मोटरसाइकलसहित ११ जनालाई पक्राउ गरेको हो । वृत्तका प्रमुख, प्रहरी नायब उपरीक्षक छेदुलाल कामतीले एकान्त स्थानबाट मोटरसाइकल चोरी गर्ने गिरोहलाई पक्राउ गरिएको जानकारी दिए। पक्राउ Read More…

खेलकुद

वडास्तरीय फुटबल प्रतियोगिताको तयारी पुरा

झापा, पुष ३ । मेचीनगर वडा नम्बर ८ खेलकुद समितिको आयोजनामा शुक्रबार भोली बाट सञ्चालन हुन लागिरहेको प्रथम मेचीनगर वडास्तरीय फुटबल प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको छ । मेचीनगर–८ स्थित मेची विद्योदय आधारभूत विद्यालय (सेन्टरी स्कुल) को खेलमैदानमा सञ्चालन हुने प्रतियोगितामा मेचीनगरका १५ वटा वडा खेलकुद समिति र आयोजक वडाको थप एउटा टिम गरी १६ Read More…

राजनीति

राष्ट्रियसभा चुनावमा नेकपा र राजपाबीच तालमेल

काठमाडौं, पुष २ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र राष्ट्रिय जनता पार्टीबीच आसन्न राष्ट्रियसभा निर्वाचनका लागि सहकार्य गर्ने सहमति भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज सम्पन्न वार्तापछि दुई पार्टीबीच आगामी माघ ९ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि रिक्त हुने चार स्थानमध्ये अन्य पुरुष र अपाङ्गता भएका व्यक्ति वा अल्पसङ्ख्यक समूहको दुई स्थानमा राजपाका Read More…

खेलकुद

सागमा पदक बिजेता खेलाडी सम्मानित

काठमाडौं, पुष २ । १३ औं दक्षिण एसियाली खेलकुद सागमा पदक बिजेता इलामे खेलाडी सम्मानित भएका छन् । इलाम विकास समाजले मंगलबार आयोजना गरेको कार्यक्रममा प्रमुख अतिथि पूर्वसभामुख तथा इलाम क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सांसद सुबास नेम्बाङलगायतले पदक बिजेता ५ इलामे खेलाडीलाई नगद सहित सम्मान गरेका हुन् । सम्मानित हुनेमा फुटबल टोलीका छिरिङ गुरुङ, Read More…

विविध

सौताको छोरी ‘सिध्याउन’ खानामा विष हाल्दा आफ्नै ज्यान गयो

काठमाडौं, पुष २ । सौताको छोरीलाई सिध्याउने दाऊमा आफैले पनि विष मिसाएको तरकारी खाँदा सौतेनी आमा आफैको ज्यान गएको छ । विष हालिएको तरकारी खाँदा परिवारका अन्य पाँच जना जीवन मरणको दोसाँधमा छन् । बिरामी पाँच जनाको वीरगञ्जको नेशनल मेडिकल कलेजको सघन उपचार कक्ष ९आइसीयु० मा उपचार भइरहेको छ । बहुअरीका जगदीश कुर्मीको घरमा सोमबार Read More…

विविध

बेहुला नै लागूऔषधसहित पक्राउ परेपछि….

विराटनगर,पुष २ । आफ्नै बिहेको अघिल्लो दिन एकयुवा विराटनगरबाट लागूऔषधसहित पक्राउ परेका छन् । भोलिपल्ट बेहुला बनेर बेहुली लिन जानुपर्ने युवा लागूऔषधसहित पक्राउ परेपनि बिहे भने प्रहरीकै निगरानीमा सम्पन्न भएको छ। बिहे सम्पन्न गराएर प्रहरीले अदालतबाट म्याद थप गरेर उनीमाथि अनुसन्धान अघि बढाएको छ । भारतको जोगवनी बजारबाट लागुऔषध लिएर आउँदै गर्दा सुनसरीको धरान उपमहानगरपालिका Read More…

खेलकुद

पुलिस र हिमालयन शेर्पाको बराबरी

काठमाडौं, पुस १ । सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत आज भएको दोस्रो खेलमा विभागीय टोली नेपाल पुलिस क्लब र हिमालयन शेर्पाले अंक बाडेका छन् । मंगलबार भएको खेलमा हिमालयन शेर्पाले विभागिय टोलीसँग गोलरहित बराबरी खेल्दै अ‌ब बाँडेका हुन् । दशरथ र‌गशालामा भएको खेलमा दुवै टोली जितका लागि मैदान उत्रिए पनि निर्धारित समयमा गोल गर्न Read More…

खेलकुद

सरस्वतीलाई हराउँदै ‘एनआरटी’को विजयी शुरुवात

काठमाडौं, पुस १ । न्युरोड टिम एनआरटीले शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगितामा विजयी सुरुआत गरेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा मंगलबार भएको खेलमा सरस्वती युथ क्लबलाई ४–० गोल अन्तरले हराउँदै एनआरटीले विजयी सुरुआत गरेको हो । एनआरटीलाई जिताउन सरोज तामाडले दुई गोल गरे । त्यस्तै विदेशी खेलाडीद्धय ओेन्ग्विने निकेन्ग्वे र एनडेम्बा ओवानाले एक Read More…